3 years ago
August 16, 2022
काठमाडौं (हाम्रो खेलकुद)– अर्को महिना नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिपका लागि थप ८ समितिको संयोजक मंगलबार तोकिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का संयोजक रहेको मुल आयोजक समितिले विभिन्न उप समिति गठन गरेको हो ।

जसमा हस्पिटालिटी समितिको संयोजकमा एन्फा सदस्य मनीष जोशी, स्वास्थ समितिको संयोजकमा एन्फा सदस्य रमेश व्यञ्जनकार, होटल तथा यातायात समितिमा एन्फा सदस्य पुरुषोत्तम थापा, प्राविधिक समितिको संयोजकमा एन्फाका पूर्व उपाध्यक्ष कृष्ण थापा रहेका छन् । त्यस्तै बुद्धि गुरुङलाई रेफ्री संवन्वय समिति, विकास नारायण श्रेष्ठलाई समारोह समिति, सरेश शाहलाई प्रचास समिति र एन्फा सदस्य सरिला श्रेष्ठलाई राष्ट्रिय टोली व्यवस्थापन समितिको संयोजक तोकिएको एन्फाले जनाएको छ ।
च्याम्पिनसिपका लागि यसअघि नै मैदान व्यवस्थापनको संयोजक रविन्द्र चन्द, च्याम्पिनसिपको स्थानिय संयोजक विजय घले, सुरक्षा समिति संयोजक दीनेश व्यवञ्जनकार तथा मार्केटिङ , ब्रोडकास्टिङ र डिजिटल राइट्स समितिको संयोजक सञ्जीव शिल्पकारलाई तोकिएको थियो ।

भदौ २१ देखि असोज ३ गते सम्म दशरथ रंगशालामा हुने च्याम्पिनयसिपको टिकट विक्रीका लागि एन्फाले कम्तीमा २५ लाख रुपैयाँको टेण्डर आव्हान गरेको छ । भारतलाई फिफाले निलम्बन गरेपछि अब ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ । नेपाल समूह बीमा भुटान र श्रीलंकासँग रहेको छ । समूह एमा बंगलादेश, पाकिस्तान र माल्दिभ्स छन् । समूह चरणपछि समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन् ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]