9 years ago
December 19, 2016
लिभरपुल (एजेन्सी)– लिभरपुलसँग प्रिमियर लिगमा पुनः दोस्रो स्थानमा उक्लने मौका छ । नेपाली समय अनुसार मंगलबार बिहान पौने २ बजे लिभरपुल र एभर्टनबीच प्रतिस्पर्धा हुँदैछ । आर्सनलाई सोमबार २–१ हराउँदै म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लेपछि लिभरपुल तेस्रो स्थानमा झरेको थियो ।

एभर्टनलाई हराउन सकेन लिभरपुल फेरी सिटीलाई पछि पार्दै माथि उक्लनेछ । सिटीको ३६ अंक छ भने लिभरपुलको ३४ अंक छ । समान ३४ अंक भएपनि गोलअन्तरमा आर्सनल चौथो स्थानमा छ । शीर्षस्थानको चेल्सीको ४३ अंक छ । एभर्टनलाई हराउन सके लिभरपुल र चेल्सीबीचको अंक अन्तर पुनः ६ अंकको हुनेछ । नवौं स्थानमा रहेको एभर्टनको २३ अंक छ ।
प्रिमियर लिगमा लिभरपुलसँगका पछिल्ला पाँच मध्ये ४ पटक एभर्टनले अन्तिम पाँच मिनेटमा गोल फर्काएको थियो, जसले खेलको नतिजामा प्रभाव पारेको छ । एभर्टनका रोमेलु लुकाकु र लिभरपुलका एडम लालाना फर्ममा रहेका खेलाडी हुन् । ९ गोल गरेका लुकाकुले ३ गोलमा असिस्ट गरेका छन् । ६ गोल गरिसकेका लालानाले त्यत्तिनै गोलमा असिस्ट गरेका छन् । एभर्टनसँगका पछिल्ला डर्बी खेलमा लिभरपुल अविजित रहँदै आएको थियो । एभर्टनसँगका पछिल्ला ५ लिग खेलमध्ये ४ वटामा डानियल स्टुरेजले गोल गरेका थिए ।
लिभरपुलका प्रशिक्षक योर्गन क्लोपले आफु पहिलो पटक गुडिसन पार्क जान लागेकोले खेल आफ्ना लागि विशेष रहेको बताएका छन् । डर्बी खेल समर्थकका लागि सधै उत्साहजनक रहने उल्लेख गर्दै एभर्टनका प्रशिक्षक रोनाल्ड कोएम्यानले भने, ‘हामीलाई थाहा छ समर्थकलाई खुसी पार्न र टोलीमाथि गर्व गर्न जित हाम्रा लागि कति आवश्यक छ भन्ने । ’
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]