default_image

9 years ago

December 20, 2016

खत्रीसहित १२ रेफ्रीले फिफा ब्याच पाए

121 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली फिफा रेफ्री र सहायक रेफ्रीमा ११ जनाले निरन्तरता पाउँदा १ जना नयाँ  समेटिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) मा सोमबार आयोजित कार्यक्रममा एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले रेफ्रीहरुलाई ब्याच वितरण गरेका थिए । 

group-photo-1

पुरुषतर्फ ४ फिफा रेफ्री , ६ फिफा सहायक रेफ्री छन् । महिलातर्फ १ रेफ्री र १ सहायक रेफ्री छन् । सन् २०१७ का लागि फिफा रेफ्रीमा लव खत्री , नविन्द्र महर्जन, विकास महत र सुदीश पाण्डेले निरन्तरता पाएका छन् । हरेक बर्ष फिफा र सहायक रेफ्रीको नविकरण हुने प्रावधान छ ।

त्यस्तै पदमबहादुर भुजेल, माधव खत्री, युनाल मल्ल, रोजन श्रेष्ठ, प्रकाशनाथ श्रेष्ठ र नानीराम थापाले सहायक रेफ्रीको ब्याच प्राप्त गरे । ६ मध्ये युनाल मात्र नयाँ हुन् । यसअघिका बलरामका थापाका ठाँउमा युनालले प्रवेश पाएका छन् ।

महिला फिफा रेफ्रीमा अस्मिता मानन्धर र सहायक रेफ्रीमा विना श्रेष्ठको निरन्तरता भएको छ । राजधानी बाहिर रहेका कारण फिफा रेफ्री लव खत्री र सहायक रेफ्री रोजन श्रेष्ठको उपस्थिति थिएन । कायक्रममा रेफ्री समितिका अध्यक्ष र एन्फाका सहायक कोषाध्यक्ष रविन्द्र जोशीको पनि उस्थिति थियो ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.