3 years ago
August 23, 2022
एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत सिजनको पहिलो जित दर्ता गर्ने क्रममा म्यानचेस्टर युनाइटेडले लिभरपुललाई पराजित गरेको छ ।

घरेलु मैदान ओल्ड ट्राफर्डमा युनाइटेडले चिर परिचित प्रतिद्वन्द्वी लिभरपुललाई २-१ ले हरायो । युनाइटेडका लागि जेडन सान्चो र मार्कस रासफर्डले गोल गरे । लिभरपुलका मोहमद सलाहले एक गोल फर्काएका थिए ।
खेलको १६ औं मिनेटमा सान्चोले युनाइटेडलाई अग्रता दिलाए । उनले एन्थोनी एलांगाको कटब्याकलाई पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै निकै समय लिएर गोलमा परिणत गरे । पेनाल्टी क्षेत्रभित्र निकै संयमित देखिएका उनले दुई डिफेन्डर बिट गर्दै गोल गर्न सफल भएका थिए ।

दोस्रो हाफको सुरुवातमै युनाइटेडले अग्रता दोब्बर पार्यो । दोस्रो हाफमा मैदान प्रवेश गरेका एन्थोनी मार्सियलको पासमा रासफर्डले अफसाइड ट्रयाप बिट गर्दै गोल गरे । ८२ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुल खेलमा फर्कने संकेत दिए । पेनाल्टी क्षेत्रभित्र फाबियो कार्भाल्होको प्रहार क्लिअर हुन नसक्दा सलाहले रिबाउन्डमा हेडरमार्फत गोल गरेका थिए ।
प्रशिक्षक टेन हागले लिभरपुलविरुद्ध सुरुवाती ११ बाट कप्तान ह्यारी मगाएर र फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई बाहिर राखेका थिए । रोनाल्डो ८५ औं मिनेटमा मैदान प्रवेश गर्दा मगाएर बेन्चमा नै रहे । लिसान्ड्रो मार्टिनेज र राफाएल भारानले युनाइटेडको डिफेन्स सम्हालेका थिए ।
यस जितसँगै युनाइटेड अंक तालिकामा लिभरपुलभन्दा माथि उक्लिएको छ । युनाइटेड ३ खेलमा ३ अंक जोड्दै १४ औं स्थानमा छ । लिभरपुल ३ खेलमा २ अंकसाथ १६ औं स्थानमा रहेको छ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]