default_image

3 years ago

August 26, 2022

पेपे फ्रेन्च क्लब निसमा

251 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली लिग वान क्लब निसले आइभोरी कोस्टका विंगर निकोलस पेपेलाई इंग्लिस क्लब आर्सनलबाट अनुबन्ध गरेको छ ।

निसले २७ वर्षीय पेपेलाई एक सिजनको लागि लोनमा क्लबमा अनुबन्ध गरेको हो । आर्सनलको कीर्तिमानी मुल्य ७२ मिलियन युरोमा क्लबमा आबद्ध भएका उनी यो सिजन लोनमा निसमै हुनेछ । निसले बिहीबारै पेपेलाई क्लबमा सार्वजनिक गरिसकेको छ ।

आर्सनलले सन् २०१९ मा पेपेलाई ७२ मिलियन पाउन्ड खर्चिएपनि उनले क्लबमा आफ्नो मुल्य अनुसारको प्रदर्शन गर्न सकेनन् । उनले गत सिजन ५ खेलमा सुरुवात गर्दा २३ खेल खेले र ३ गोल गर्न सफल भएका थिए ।

पेपे तीन सिजनपछि फ्रेन्च लिग वानमा फर्किएका हुन् । उनले यसअघि दुई सिजन लिलबाट फ्रेन्च लिग खेलेका थिए । लिलमा आफ्नो प्रभाव जमाएका पेपेले आर्सनलमा आफ्नो जाँदु देखाउन सकेन ।

आर्सनलका सबै जनाले पेपेलाई निसमा राम्रो प्रदर्शनकको लागि शुभकामना दिएका छन् । आर्सनलमा पेपेको सम्झौता सन् २०२४ को अन्त्यसम्म रहेको छ । निसले यो सिजन लोनमा आबद्ध गरेका पेपेलाई यो सिजनपछि नै स्थायी खेलाडी बनाउन पाउने प्रावधान छ ।

२७ वर्षीय पेपेले आर्सनलका लागि तीन सिजनमा ११२ खेलमा २७ गोल गरेका छन् । आर्सनलका प्रशिक्षक मिकेल अर्टेटाले यो समरमा आफ्नो टोलीलाई बलियो बनाएको छ ।

गाब्रियल जेसस, फावियो भिएरा र युवा ब्राजिलियन मार्किन्होससँगै पेड्रो नेटोलाई पनि क्लबमा आबद्ध गरिसकेको छ । टोली ३ खेलमा ३ जितसहित शीर्षस्थानमा रहेको छ ।

November 14, 2025

पोर्चुगल पराजित, रोनाल्डोलाई रातो कार्ड

एजेन्सी – पोर्चुगलले २०२६ विश्वकपको छनोटमा बिहीवार दोहोरो मार बेहोरेको छ। आयरल्याण्डसँग २-० ले पराजित भएपछि विश्व कपमा स्थान सुरक्षित गर्न प्रतीक्षा गर्नुपर्ने भएको छ। त्यस्तै खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्डको सामना गरे। रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक रातो कार्डको सामना गरेका हुन् । घरेलु टोलीका ट्रोय प्यारोटले पहिलो हाफमै दुई गोल गर्दै आयरल्याण्डलाई […]

November 14, 2025

फ्रान्स विश्वकपमा छनोट

एजेन्सी – फ्रान्सले बिहीवार युक्रेनलाई ४-० ले हराउँदै २०२६ विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ। खेलमा किलियन एमबाप्पे स्टार बने । उनले दुई गोल गरे। पहिलो हाफमा गोलरहित बराबरीमा टुंगियो । दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट खेल्दै लगातार गोल गर्‍यो। माइकल ओलिसेलाई बक्सभित्र फाउल गरिएपछि फ्रान्सले पाएको पेनाल्टीबाट एमबाप्पेले ५५ औं मिनेटमा पहिलो गोल गरे त्यसअघि युक्रेनले […]

November 13, 2025

नेपाल र बंगलादेशको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र बंगलादेश मैत्रीपूर्ण खेल २-२ गोलको बराबरीमा सकिएको छ। नेपालको लागि रोहित चन्द र अनन्त तामाङले गोल गरे। बंगलादेशको लागि दुबै गोल उसको स्टार खेलाडी हम्जा चौधरीले गरे। बंगलादेशको ढाकामा भएको खेलको २९ औं मिनेटमा नेपालले घरेलु टोली विरूद्ध अग्रता बनायो। सुमित श्रेष्ठको कटब्याकमा बक्सको ठिक बाहिरबाट रोहितले हानेको सुन्दर प्रहार […]

Success

Thank you for your time.