default_image

9 years ago

December 20, 2016

रुस्लान थ्री स्टारले खेल्न नपाउनु एन्फाकै लापरवाही– एन्फा मानार्थ अध्यक्ष घले

166 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबले एएफसी कपको प्ले अफ खेल्न नपाउनुमा अखिल नेपाल फुटबल संघ (एन्फा) को लापरवाही भएकोमा एन्फाकै मानार्थ अध्यक्ष टासीले घले आलोचना गरेका छन् ।

unnamed-1

सामसुङ मोबाइलको आधिकारिक विक्रेता आइएमएस समूहले एएएफसी सोलिडारिटी कप विजेता नेपाली टोलीलाई सम्मान गर्न सोमबार आयोजित कार्यक्रममा मानार्थ अध्यक्ष घलेले भने,‘थ्री स्टारले एएफसी कप प्ले अफ खेल्न नपाउनु दुःख लाग्दो कुरा हो । मानार्थ अध्यक्ष भएका नाताले त्यसमा मेरो पनि जिम्मेवारी रहन्छ । मेरो ठाँउबाट थ्री स्टारलाई न्याय दिलाउन प्रयास गर्नेछु ।’
उनले थ्री स्टारले क्षतिपूर्ति पाउनु पर्ने र दोषीमाथि कारवाही हुनुपर्नेमा जोड दिएका छन् । एन्फाको गल्तिका कारण प्ले अफ खेल्न नपाएको भन्दै थ्री स्टारले ६ करोड रुपैयाँ क्षेतिपूर्ति माग गर्दै दोषीमाथि कारवाहीको माग गरिसकेको छ । एन्फाले मंसिर २४ गते नै उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । केही दिन अघि सोही विषयमा छानविन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सदस्य देवकुमार अधिकारीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो ।
एक अर्को प्रसंगमा घलेले फुटबल विकासका लागि एन्फा र ए डिभिजन क्लब मिलेर अघि बढ्नु आवशयक रहेको बताए । ‘अहिले १७ सदस्यीय एन्फाको कार्यसमितिमा एक जना पनि ए डिभिजन क्लबको प्रतिनिधि छैन ’ उनले भने, ‘तीनै ए डिभिजन क्लबले खेलाडीलाई अनुबन्धन गरेका छन्, व्यवसायिक फुटबललाई अघि बढाएका छन् । तर उनीहरुकै प्रतिनिधि नहुनु दुःखत हो । झगडा गरेर हैन, मिलेर फुटबल विकासमा लाग्नुपर्दछ । ’

unnamed
आइएमएसका उपाध्यक्ष दिकेश मल्होत्रा र एन्फा मानार्थ अध्यक्ष घलेले खेलाडी, प्रशिक्षक, फिजियोलाई सामसुङको जे ५ मोबाई प्रदान गरेका थिए । टोलीका २३ खेलाडी, दुई प्रशिक्षक, व्यवस्थापक र फिजियोलाई मोबाइल दिइएको थियो । कात्तिकमा मलेसियाको कुचिङमा भएको प्रतियोगितामा मकाउलाई १–० ले हराउँदै नेपालले सोलिडारिटी कप जितेको थियो । नेपालले पहिलो पटक एसियाली फुटबल संघ (एएफसी) को आधिकारिक प्रतियोगिता जितेको त्यो नै पहिलो अवसर हो । टोलीका उपकप्तान विराज महर्जनले आइएसएमको सम्मानले खेलाडीको हौसला थप बढेको बताएका थिए ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.