3 years ago
August 27, 2022
एजेन्सी – ब्राजिली फरवार्ड रोबर्टाे फिर्मिनोले दुई गोलसँगै तनि असिस्ट प्रदान गरेपछि लिभरपुलले इंग्लिस प्रिमियर लिगमा सानदार जित निकालेको छ । लिभरपुलले नयाँ सिजनमा पहिलो जित निकाल्ने क्रममा बर्नमाउथमाथि ९–० को फराकिलो जित आत्मसात गरेको हो ।

एनफिल्डमा गोलको वर्षा भएको खेलमा लिभरपुलको फराकिलो जितमा रोबर्टाे फिर्मिनो र लुइस डियाजले समान दुई गोल गर्दा हार्भे इलिओट, ट्रेन्ट एलेक्सान्डर आर्नाेल्ड, भर्जिल भान डाइक फावियो कार्भाल्होले समान एक गोल गर्दा एक गोल उपहार पाएको थियो ।
शनिबार राति भएको खेलमा लिभरपुलले पहिलो हाफमै ५–० को अग्रता बनाउँदा दोस्रो हाफमा तीन गोल थपेको थियो ।
खेलको तेस्रो मिनेटमा नै लुइस डियाजको गोलबाट लिभरपुलले गोलको खाता खोलेको थियो । उनले फिर्मिनोको पासमा गोल गर्न सफल भएका थिए ।
छैटौं मिनेटमा फिर्मिनोकै पासमा हार्भे इलिओटले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । २८औं मिनेटमा फिर्मिनोको ह्याटिक असिस्टमा ट्रेन्ट एलेक्सान्डर आर्नाेल्डले गोल गर्दै लिभरपुललाई ३–० ले अघि बढाए । ३१औं मिनेटमा फिर्मिनो आँफैले गोल गरेपछि लिभरपुल ४–० ले अघि बढ्यो ।
४५औं मिनेटमा भर्जिल भान डाइकले एन्ड्रिउ रोबर्टसनको पासमा गोल गरेपछि लिभरपुलले पहिलो हाफमै ५–० को आरामदायी अग्रता लिन सफल भयो । दोस्रो हाफको शुरु ४६औं मिनेटमा क्रिस मेपहामले आत्मघाती गोल गरेपछि लिभरपुल ६–० ले अघि बढ्यो ।
६२औं मिनेटमा फिर्मिनोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि सातौ गोल गरे । ८१औं मिनेटमा फावियो कार्भाल्होले गोल गर्दै लिभरपुललाई लिभरपुललाई ८–० ले अघि बढाए । ८५औं मिनेटमा लुइस डियाजले व्यक्तिगत दोस्रो तथा टोलीका लागि नवौं गोल गर्दै टोलीलाई ९–० को फराकिलो जित दिलाए ।
प्रिमियर लिगमा लिभरपुलको यो पहिलो जित हो । यसअघि लिभरपुलले दुई बराबरी खेल्दा एकमा हार बेहोरेको थियो । यो फराकिलो जितसँगै लिभरपुलको ४ खेलबाट ५ अंक पुगेको छ । पराजित बर्नमाउथको ४ खेलबाट ३ अंक छ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]