3 years ago
August 27, 2022
एजेन्सी – इंग्लिस विंगर फरवार्ड रहिम स्टर्लिङको दुई गोलमा लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई पराजित गरेको छ ।

घरेलु मैदानमा १० खेलाडीमा समेटिएको चेल्सीले लेस्टर सिटीलाई २–० ले पराजित गरेको हो । लेस्टरका हार्भे बार्नेसले एक गोल फर्काए । स्टामफोर्ड ब्रिजमा शनिबार राति भएको खेलको २८औं मिनेटमा घरेलु टोली चेल्सी १० खेलाडीमा समेटिन पुगेको थियो ।
पहिलो हाफमै ७ मिनेटको अन्तरमा कोनर गलाघेर दोहोरो पँहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि चेल्सी समस्यामा पर्न सक्ने आँकलन गरिएको थियो । तर दोस्रो हाफको शुरुमै रहिम स्टर्लिङले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाए ।
रहिमले ४७औं मिनेटमा मार्क कुकुरेलाको पासमा गोल गर्न सफल भएका थिए । ६३औं मिनेटमा रिस जेम्सको पासमा रहिमले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै चेल्सीको अग्रता दोब्बर पार्दै टोलीलाई मजवुत स्थितिमा राखे ।
६६औं मिनेटमा हार्भे बार्नेसले जेमी भार्डीको पासमा गोल गर्दै लेस्टरलाई खेलमा फर्काउने संकेत दिएपनि त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सी विजयी हुन सफल भयो ।
यस जितसँगै चेल्सी ४ खेलबाट ७ अंक जोडेर छैटौं स्थानमा रहेको छ । पराजित लेस्टर १ अंक जोडेर १९औं स्थानमा रहेको छ ।
अन्य नजिता
साउथह्याम्टनविरुद्ध म्यानचेस्टर युनाइटेड (०–१), ब्रेन्टफर्डविरुद्ध एभर्टन (१–१), ब्राइटनविरुद्ध लिड्स (१–०), लिभरपुलविरुद्ध बर्नमाउथ (९–०) र म्यानचेस्टर सिटीविरुद्ध क्रिस्टल प्यालेस (४–२)
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]