3 years ago
August 29, 2022
एजेन्सी – फरवार्ड ह्यारी केनको दुई गोल मद्दतमा टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा सहज जित निकालेको छ । टोटेनहमले घरेलु टोली नटिङघम फरेस्टलाई २–० ले पराजित गरेको हो ।

दि सिटी ग्राउन्ड नटिङघममा आइतबार राति भएको खेलको पाँचौं मिनेटमा केनको गोलबाट टोटेनहमले सुरुवाती अग्रता लिन सफल भयो । उनले डिजान कुलुसेभ्स्कीको पासमा गोल गर्न सफल भएका थिए ।
५६औं मिनेटमा केन पेनाल्टीमा चुके । ८१औं मिनेटमा केनले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै टोटेनहमलाई २–० को सहज जित दिलाए । उनले रिचार्लीसनको पासमा गोल गर्न सफल भएका थिए ।
नयाँ सिजनको चार खेल सकिदा टोटेनहमको यो तेस्रो जित हो । यस जितसँगै अपराजित रहेको टोटेनहम १० अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । समान १० अंक नै रहेपनि आर्सनल र म्यानचेस्टर सिटी पहिलो र दोस्रो स्थानमा रहँदा ब्राइटन चौथो स्थानमा छ । पराजित नटिङघम ४ अंक जोडेर १४औं स्थानमा छ ।
अन्य नतिजा
एस्टन भिल्लाविरुद्ध वेस्टह्याम (०–१) र वल्भ्सविरुद्ध न्यूक्यासल (१–१)
November 14, 2025
रविन्द्र वाईबा, हेटौंडा बाराको नव जागृती युवा क्लब र सुर्खेतको कार्केविहार युथ क्लब राष्ट्रिय लिगको लागि छनोट भएका छन् । हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगको समूहबाट दुवै टोली लिगका लागि छनोट भएका हुन् । दुवै समान १० अंकसहित सेमिफाइनलमा प्रवेश गरेको छन्। समुह चरणको अन्तिम दिनको पहिलो खेलमा आज नव जागृतीले तनहुँको हैरान्स क्लबलाई ७-२ […]
November 14, 2025
दिपक बोहोरा, पाँचथर मिक्वाखोला गाउँपालिका–४ साँवास्थित फुङफुङदेन झरना पर्यटन विकास समितिले यस वर्ष फुटबल प्रतियोगिताका लागि अनौठो निर्णय गरेको छ। फुटबल प्रतियोगिताको विजेतालाई नगद होइन, अलैँची पुरस्कार दिने भएको छ। समितिका अध्यक्ष विजय साँवाका अनुसार पहिलो पुरस्कार ३ लाख २ हजार ८२ रुपैयाँ बराबरको अलैँची र दोस्रो पुरस्कार १ लाख ५२ हजार ८२ रुपैयाँ बराबरको […]
November 14, 2025
एजेन्सी – पोर्चुगलले २०२६ विश्वकपको छनोटमा बिहीवार दोहोरो मार बेहोरेको छ। आयरल्याण्डसँग २-० ले पराजित भएपछि विश्व कपमा स्थान सुरक्षित गर्न प्रतीक्षा गर्नुपर्ने भएको छ। त्यस्तै खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले रातो कार्डको सामना गरे। रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक रातो कार्डको सामना गरेका हुन् । घरेलु टोलीका ट्रोय प्यारोटले पहिलो हाफमै दुई गोल गर्दै आयरल्याण्डलाई […]