default_image

3 years ago

August 30, 2022

ग्रिजमनको गोलमा एट्लेटिको विजयी

129 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमनको गोलमा एट्लेटिको मड्रिडले स्पेनिस ला लिगामा दोस्रो जित निकालेको छ । एट्लेटिकोले भ्यालेन्सियालाई १–० ले पराजित गरेको हो ।

भ्यालेन्सियामा सोमबार राति भएको प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा ग्रिजमनले गरेको गोल नै एट्लेटिकोको जितमा निर्णायक बन्यो । उनले ६६औं मिनेटमा थोमस लेमारको पासमा गोल गरेका थिए ।

त्यसअघि खेलको २३औं मिनेटमा युनुस मुसाहको गोलले मान्यता नपाउँदा घरेलु टोली भ्यालेन्सिया अग्रता लिनबाट चुकेको थियो । दोस्रो हाफमा गोल बेहोरेपछि भ्यालेन्सियाले पाहुना टोलीलाई दवावमा राखेपनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो ।

यो जितसँगै एट्लेटिको ३ खेलबाट ६ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ । पराजित भ्यालेन्सिया ३ अंक जोडेर १४औं स्थानमा छ ।

November 10, 2025

मिना झापा गोल्डकपकी सर्वोत्कृष्ट

दिपक बोहोरा/हिमाल खरेल, बिर्तामोड नेपाल पुलिस क्लबकी‌ मिना देउवा एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन्। मिनाकै एक मात्र गोलमा घरेलु महिला फुटबलको सर्वाधिक सफल टोली एपिएफ फुटबल क्लबलाई १-० ले हराउँदै पुलिस च्याम्पियन बनेको थियो। उनले २२ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो। मिनाले सर्वोत्कृष्ट खेलाडी वापत १ लाख […]

November 10, 2025

मिनाको गोलमा पुलिस झापा गोल्डकप च्याम्पियन

दिपक बोहोरा/हिमाल खरेल, झापा घरेलु फुटबलको सर्वाधिक सफल टोली एपिएफ फुटबल क्लबलाई हराउँदै अर्को विभागीय टोली नेपाल पुलिस क्लब एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ। झापाको शिवसताक्षीस्थित दूधेखेल रंगशालामा आज भएको फाइनलमा एपिएफलाई १-० ले हराउँदै पुलिसले उपाधि जितेको हो। मिना देउवाको एक मात्र गोलमा पुलिस च्याम्पियन बनेको हो। एपिएफले गत वर्ष […]

November 10, 2025

नव जागृतीको पहिलो र काक्रेविहारको दोस्रो जित

रविन्द्र वाईबा, हेटौंडा एन्फा प्रेसिडेन्ट लिगमा बाराको नवजागृती युवा क्लबले पहिलो र सुर्खेतको काक्रेविहार युथ क्लबले दोस्रो जित निकालेको छ। हेटौंडाको गौरीटार रंगशालामा आज भएको खेलमा उदयपुरको गाईघाट फुटबल क्लबलाई २-० गोलले हराउँदै लिगमा नव जागृतीले पहिलो जित दर्ता गर्यो । दोलखाको टाइगर्स टिमलाई १-० गोलले हराउँदै सुर्खेतको काक्रेविहार युथ क्लबले लिगमा दोस्रो जित हासिल […]

Success

Thank you for your time.