3 years ago
August 31, 2022
काठमाडौं (हाम्रो खेलकुद) – महिला साफ च्याम्पियनसिपको तयारीमा रहेको भुटानको महिला राष्ट्रिय टोलीले मैत्रीपूर्ण खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ ।
लगनखेलस्थित आर्मीको खेल मैदानमा बुधबार भएको खेलमा भुटानले आर्मीलाई ४–० ले पराजित गरेको हो । भुटानको जितमा पेमा छिरिङले २ तथा सुनिता राई र गेले वाङ्मोले समान १ गोल गरिन् । २९औं मिनेटमा पेमाको गोलबाट भुटानले शुरुवाती अग्रता लिएको थियो । ३८औं मिनेटमा पेमाले दोस्रो गोल गर्दै अग्रता दोब्बर पारिन् ।
५८औं मिनेटमा सुनिताले गोल गर्दै भुटानलाई ३–० ले अघि बढाइन् । ७६औं मिनेटमा गेलेले गोल गर्दै भुटानलाई सहज जित दिलाइन् । भुटानविरुद्ध आर्मी दोस्रो रोजाईको खेलाडीसहित मैदान उत्रिएको थियो । पहिलो टोलीका प्राय सबै खेलाडी राष्ट्रिय टोलीमा रहेका छन् ।
आर्मीका अन्जना राना मगर, पुनम जर्घा मगर, विमला चौधरी, दीपा राई, इन्दिरा राई, अमिशा कार्की र रश्मी कुमारी घिसिङ राष्ट्रिय टोलीमा छन् । भुटान पछिल्लो एक सातायता काठमाडौंमा आएर प्रशिक्षणसँगै अभ्यास खेलमा व्यस्त छन् ।
दक्षिण एसियाका सातै राष्ट्रको सहभागिता रहने छैटौं महिला साफ च्याम्पियनसिप भदौ २१ गतेबाट असोज ३ गते सम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । नेपालले भुटानसँग पहिलो दिन खेल्नेछ । त्यसपछि श्रीलंकासँग दोस्रो खेल भदौ २७ गते खेल्नेछ ।
समूह एमा साविक विजेता भारतसहित बंगलादेश, पाकिस्तान र माल्दिभ्स रहेका छन् । राउन्ड रोविन लिगपछि समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन् । पछिल्लो पटक विराटनगरमा आयोजित च्याम्पियनसिपको फाइनलमा भारतले नेपाललाई हराएको थियो ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]