3 years ago
September 2, 2022
काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता सुरु हुने महिला साफ च्याम्पियनसिपमा झण्डै ३ करोड ५० लाख रुपैयाँ खर्च हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले अनुमान गरेको छ । भदौ २१ गते सुरु हुने च्याम्पियनसिपका लागि तयारी पूरा भएको एन्फाले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
दक्षिण एसियाका सातै राष्ट्रको सहभागिता रहने च्याम्पियनसिपमा नेपाल समूह बीमा श्रीलंका र भुटानसँग रहेको छ । अर्को समूहमा साविक विजेता भारत, पाकिस्तान, बंगलादेश र माल्दिभ्स छन् । प्रतियोगिता सञ्चालनमा ३ करोड ४७ लाख ६७ हजार ६ सय ८० रुपैयाँ खर्च हुने एन्फाको अनुमान छ ।
त्यसमध्ये सहभागी टोली र म्याच अफिसियलको खाना र बसोबासको खर्च दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बेहोर्ने छ । एन्फा प्रवक्ता सुरेश शाहका अनुसार मैदान तैयारी, स्थानिय यातायात र अन्य खर्च एन्फाले गर्नेछ । च्याम्पियनसिपका लागि साफले २ लाख ५० हजार अमेरिकी डलर उपलब्ध गराएको एन्फाले बताइएको छ ।
असार ६ गते निर्वाचित नयाँ एन्फा कार्यसमितिले पहिलो प्रतियोगिताका रुपमा साफ च्याम्पियनसिप आयोजना गर्दैछ । नेपालमा दोस्रो पटक आयोजना हुने च्याम्पिनसिप काठमाडौंमा भने पहिलो पटक हुँदैछ । यसअघिको संस्करण विराटनगरमा आयोजना भएको थियो । त्यसको फाइनलमा भारतले नेपाललाई ३–१ ले हराएको थियो ।

च्याम्पियनसिपमा भाग लिन भुटान र पाकिस्तानी टोली काठमाडौं आइसकेका छन् । भारत र माल्दिभ्सको टोली शनिबार तथा श्रीलंका र बंगलादेशको टोली आइतबार आइपुग्ने एन्फाले जानकारी दिएको छ । एन्फाले वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा १९ सदस्यीय मुल आयोजक समिति गठन गरिसकेको छ ।
एन्फाले च्याम्पियनसिपको टिकेटिङ, मार्केटिङ र ब्रोर्डकास्टिङ अधिकार भारतीय कम्पनी १०० स्पोर्टस् म्यानेजमेन्ट प्रालिसँग ६२ लाख रुपैयाँको सम्झौता गरिसकेको जनाएको छ । च्याम्पियनसिपका लागि दशरथ रंगशालाको भिआइपीतर्फ ५ सय र साधारणतर्फ ३ सय रुपैयाँ तोकेको छ ।
२३ सदस्यीय नेपाली टोली च्याम्पियनसिपको बन्द प्रशिक्षणमा रहेको छ । नेपाल र भुटानबीच भदौ २१ गते उद्घाटन खेल हुनेछ । राउन्ड रोविनका आधारमा हुने समूह चरणपछि शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । फाइनल असोज ३ गते हुनेछ । च्याम्पिनसिपको प्रत्यक्ष प्रसारण एपी वान टेलिभिजनबाट हुने बताइएको छ ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]