3 years ago
September 4, 2022
काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा सोमबार सुरु हुने साफ यू१७ पुरुष च्याम्पियनसिपमा नेपाली युवा टोलीले उपाधि जित्ने लक्ष्य राखेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले टोलीको मुख्य लक्ष्य उपाधि जित्नु रहेको बताएका छन् ।

‘ यो भन्दा अघिको संस्करणमा हामी उपविजेता बनेका थियौं । यसपालीको लक्ष्य उपाधि जितेरै जाने लक्ष्य हो । त्यसै अनुसार टिमको तयारी राम्रै भएको छ ’ च्याम्पिनसिपको अघिल्लो दिन आइतबार पत्रकार सम्मेलनमा प्रशिक्षक श्रेष्ठले भने, ‘डेढ महिनादेखिको तयारी गरेका छौं । श्रीलंकामा पनि २–३ दिन प्रशिक्षणको मौका पायौं । यहाँको मैदानको अवस्था बुझ्ने मौका पायौं । आशा छ राम्रै हुनेछ ।
प्रशिक्षक श्रेष्ठले सहभागी सबै टोलीको स्तर एकै खालको भएको समेत बताए । उनलेथपे, सबैको जुनियर टिम हो । सबैको स्तर एकै हो, भुटानको ग्रासरुट धेरै राम्रो छ । भारत त्यस्तै राम्रो छ । तर, सबै टिमको स्तर एकै हो जस्तो लाग्छ ।’

युवा टोलीका कप्तान प्रशान्त लक्षमले टिमको तयारी राम्रो भएको र भारत बलियो टोली भएको बताए । ‘हाम्रो तयारी राम्रो भएको छ । टिमको बलियो पक्ष भनेको एकता हो ’ उनले भने, ‘भारतको ग्रासरुट राम्रो भएकाले कठिन टिमको रुपमा लिएका छौँ ।’
साफ यू–१७ च्याम्पियनसिप भदौं २० देखि २९ गतेसम्म हुनेछ । नेपाल रहेको समूह ‘बी’ मा भारत र भुटान तथा समूह ‘ए’ आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश छन् । नेपालले भदौं २२ मा भुटानसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । त्यसपछि नेपालले समूह चरणको अन्तिम खेलमा भदौं २४ गते भारतसँग खेल्नेछ ।
समूह चरणपछि शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछ । भदौं २७ गते सेमिफाइनल तथा भदौं २९ गते उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताका सबै खेलहरु रेसकोर्स इन्टरनेसनल स्टेडियममा हुनेछ ।

नेपाली यू १७ टोली
गोलकिपर – कृशल मोक्तान, समिर चन्द र रुबिन बोगटी
डिफेन्डर – अश्विन घोरासैनी, सिमन्त थापा, युनेश बुढाथोकी, मदन पौडेल, दिपक थापा मगर, निशान्त तामाङ, युनिश मगर, विक्रम तामाङ, प्रितम कार्की र धिरज विश्वकर्मा
मिडफिल्डर – प्रशान्त लक्षम, मिराक लिङ्देन, सरोज दर्लामी, हरिशराज भट्ट र लच्छु थापा
फरवार्ड – निरज कार्की, धनसिंह विक, विनोद केसी, सिजल राई र सुवास बम
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]