default_image

3 years ago

September 5, 2022

राष्ट्रिय टोलीको कप्तान एन्जिला र उप कप्तान अमृता

377 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– गोलकिपर एन्जिला तुम्बापो सुब्बा महिला राष्ट्रिय टोलीको नयाँ कप्तान नियुक्त भएकी छन् । साफ च्याम्पिनसिप सुरु हुन एक दिन बाँकी रहँदा सोमबार मुख्य प्रशिक्षक कुमार थापाले एन्जिलालाई कप्तान र अर्की सिनियर खेलाडी अमृता जैसीलाई उपकप्तानको जिम्मेवारी दिएका हुन् ।

थापाले आफ्नो निर्णय अखिल नेपाल फुटबल संघ (एन्फा) लाई जानकारी दिइसकेका दिइसकेको बताइएको छ । उनले सिनियर खेलाडीलाई कप्तानको जिम्मेवारी दिने यसअघि नै प्रष्ट पारिसकेका थिए । साफ च्याम्पियनसिपको प्रशिक्षणका क्रममा नियमित कप्तान रेनुका नगरकोटे घाइते भएपछि उनी राष्ट्रिय टोलीबाट बाहिरिसँगै नयाँ कप्तान नियुक्त गर्नुपरेको हो ।

एन्जिला र अमृता सन् २०१४ देखि राष्ट्रिय खेलकुद टोलीको सदस्य रहँदै आएकी छन् । एन्जिलाले सन् २०१६ मा उनले राष्ट्रिय टोलीबाट डेब्यू गरेकी थिइन् । एन्जिला राष्ट्रिय टोली र एपिएफकी पहिलो रोजाईकी गोलकिपर हुन् । रक्षक अमृता नेपाल पुलिस क्लबकी हुन् । एन्जिला राष्ट्रिय टोलीको नवौं कप्तान हुन् । यसअघि रमा सिंह, कमला हिराचन, मीरा चौधरी, जमुना गुरुङ, चन्द्रा भण्डारी, अनु लामा, निरु थापा र रेनुकाले कप्तानी गरेका थिए ।

एन्जिलाले ४ वर्षअघि हिरो कपमा कार्यवहाक कप्तानको जिम्मेवारी निर्वाह गरिसकेकी थिइन् । दशरथ रंगशाला नेपालले भुटानसँग खेल्दै मंगलबार यसपटकको साफ च्याम्पियनसिपको सुरुवात गर्दैछ । समूह बीमा अर्को टोली श्रीलंका रहेको छ । अर्को समूहमा साविक विजेता भारत, पाकिस्तान, माल्दिभ्स र बंगलादेश रहेका छन् ।

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.