3 years ago
September 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिपको छैटौं संस्करण मंगलबारदेखि दशरथ रंगशालामा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानको सामना गर्दैछ ।

साफ च्याम्पियनसिपको इतिहासमा हालसम्म भुटानले नेपाललाई हराउन सकेको छैन । यसपटक उद्घाटन खेलमा भुटानले घरेलु टोली नेपालको सामना गर्दैछ । भुटानकी प्रशिक्षक क्युङ सुक होङले प्रतियोगिताका लागि राम्रो तयारी गरेर आएको बताइन् । टोलीकी कप्तान पेमा छोदेन छिरिङले घरेलु मैदानमा नेपालको सामना गर्न सहज नहुने बताइन् ।
प्रतियोगिताको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उनले नेपाली समर्थकमाझ खेल्न मानसिक रुपमा पनि कठिन हुने अभिव्यक्ति दिइन् । ‘हाम्रो टोलीमा युवा खेलाडीको बाहुल्यता छ । नेपाल निकै बलियो टोली हो । घरेलु टोलीविरुद्ध खेल्न सहज हुने छैन,’ उनले भनिन्, ‘घरेलु समर्थकको अगाडि खेल्नु मानसिक रुपमा पनि सहज हुँदैन ।’

‘हामी लामो समय देशबाहिर गएर खेल्न पाएका छैनौं । त्यसैले नेपालमा चाडै आएर मैत्रीपूर्ण खेल पनि खेलेका छौं । यहाँको वातावरणसँग भिजेका छौं,’ उनले भनिन्, ‘घरेलु लिगको भरमा हामीले टोली निर्माण गरेका छौं । आशा छ राम्रो नतिजा आउनेछ ।’
श्रीलंकाका प्रशिक्षक चामिन्दा निल स्टेनवालले देशमा आर्थिक अवस्थाकाले तयारीमा प्रतिकूल असर परेको बताए । ‘हाम्रो देशको कमजोर आर्थिक अवस्थाले तयारीमा असर गर्यो । हामीले एक ठाउँमा रहेर प्रशिक्षण गर्न पनि निकै मिहिनेत गर्नुपर्यो । यातायात व्यवस्था मिलाउन नै कठिन पर्यो । यो सबले प्रशिक्षणमा असर गरेको छ,’ उनले भने ।

‘हामी अहिले सबै समस्या बिर्सेर प्रतियोगितामा खेल्न आएका छौं । हामीले ४ साता प्रशिक्षण गरेका छौं । सकेसम्म राम्रो नतिजा ल्याउने प्रयास हुनेछ,’ उनले थपे । श्रीलंकाकी कप्तान पुर्णिमाले साफ खेल्न नेपाल आउँदा खुसी लागेको र प्रतियोगितामा खेल्न उत्साहित रहेको बताइन् ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]