default_image

3 years ago

September 5, 2022

इसुजु चितवन गोल्डकप यसै साता सुरु हुने

346 views

0 Bookmark

सुशिल पन्त , चितवन

भरतपुर फुटबल क्लबको आयोजनामा इसुजु चितवन गोल्डकप अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता यसै हप्ता सुरु हुने भएको छ । नारायणगढको क्याम्पा चौरमा शनिबार हुने गोल्डकपको फाइनल असोज ३ गते हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

गोल्डकपका संयोजक धु्रब भुसालले क्याम्पाचौर व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको जानकारी दिए । यस्तै दर्शकका लागि चार हजार क्षमताको अस्थाई प्याराफिट निर्माण भइरहेको उनले बताए । गोल्डकपमा स्वदेशी र विदेशी गरी १० टोली सहभागी हुनेछन् ।

त्रिभुवन आर्मी फुटबल क्लब, सशस्त्र प्रहरी बल (एपिएफ)। मनाङ एफसी, भरतपुर फुटबल क्लब, फर्साटिकर एफसी, बागमती नगरपालिका, मकवानपुर ११, नव जन जागृति युवा क्लब सिमरा, क्यामरुनको अफ्रिकन युनाइटेड र भारतको मोतिहारी एफसी सहभागी हुनेछन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

गोल्डकपको उद्घाटन खेलमा आयोजक भरतपुर फुटबल क्लब र मोतिहारी एफसी भिड्नेछन् । गोल्डकप विजेताले ७ लाख र दोस्रो हुने टोलीले ३ लाख ५० हजार प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुले पनि पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा झण्डै ७० लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ ।

नकआउटका आधारमा हुने प्रतियोगितामा टिकट दर क्वार्टरफाइनल सम्म १ सय तथा सेमिफाइनल र फाइनलका लागि २ सय रुपैयाँ तोकिएको छ । गोल्डकपलाई मोफसलकै प्रतिष्ठित प्रतियोगिताको रुपमा स्थापित गर्ने उद्देश्य रहेको संयोजक भुसालले बताए ।

चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्री कृष्ण कार्कीले ठूलो लगानीमा स्तरीय प्रतियोगिता आयोजना हुनु गौरवको बिषय भएको बताए । उनले चितवनको फुटबलले बिकासको गति लिएको विश्वास व्यक्त गरे । यस्तै ग्रासरुटदेखि नै फुटबलमा लगानी गर्न सके क्षमतावान खेलाडी उत्पादन गर्न सकिने उनको भनाइ थियो । फुटबल संघ अहिले जिल्लाका सातै पालिकामा ट्रेनिङ सेन्टर स्थापनाको योजना रहेको अध्यक्ष कार्कीले बताए ।

भरतपुर १० का वडाध्यक्ष परमेश्वर खनालले प्रतियोगिताको सफलताको कामना गरे । पत्रकार सम्मेलनमा मुख्य प्रायोजक इसुजु नेपाल चितवनका प्रवन्ध निर्देशक ईश्वरकुमार श्रेष्ठ, चितवन जिल्ला फुटबल संघका महासचिव रामहरि ढकाललगायतको उपस्थिति थियो ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.