default_image

3 years ago

September 6, 2022

उद्घाटन खेलमा नेपालले भुटानसँग खेल्दै

674 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – महिला साफ च्याम्पियनसिपको छैटौं संस्करणको उद्घाटन खेलमा आयोजक नेपालले (आज) मंगलबार घरेलु मैदान दशरथ रंगशालामा भुटानसँग खेल्दैछ । खेल नेपाली समयअनुसार साँझ ५:३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

भुटानविरुद्ध नेपाल नयाँ कप्तान एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा जितको लक्ष्यसहित मैदानमा उत्रदैछ । अनुभवी र युवा खेलाडीको समिश्रणले बनेको नेपाली टोली सुखद सुरुवात गर्ने योजनामा हुनेछ । टोलीसँग नेपालको सर्वाधिक गोलकर्ता रहेकी सावित्रा भण्डारी ‘साम्वा’, हिरा कुमारी भुजेल, अमृता जैसी, गीता राना, पुनम जर्घा मगर, विमला विक, विमला चौधरी, मन्जली कुमारी योन्जन, प्रिती राई, सरु लिम्बु, दीपा राई, अनिता बस्नेत, अनिता केसी र रश्मी कुमारी घिसिङसँगै रेखा कुमारी पौडेल, रहेका छन् । मिडफिल्डर दीपा शाहीले सुरुवाती रोजाईमै डेब्यु पाउने सम्भावना छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक कुमार थापाले बिगतलाई बिर्सेर राम्रो गर्ने लक्ष्य रहेको बताएका छन् । ‘पहिलेको नतिजा हेरेर अनुमान गर्न सकिदैन । च्याम्पियन को बन्छ भनेर हामी पनि अनुमान गर्न सक्दैनौं । आफुले दोस्रोपटक पाएको मौकालाई खेर जान दिने छैनौं,’ उनले थपे, ‘हामीले कसैलाई कमजोर आँकेका छैनौं । पहिला लिग चरणमा केन्द्रित रहन्छौं त्यसपछि नकआउटमा ध्यान दिनेछौँ ।’

रंगशालामा पहिलोपटक आधिकारिक च्याम्पियनसिप खेल्दा सबै खेलाडीको मानसिकतालाई सामान्य गराउने उनले थपे । गोलरक्षक तथा कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले आफ्नो कप्तानीमा त्यो विश्वासलाई गुम्न नदिने बताइन् । उनले अन्तिमसम्म मैदानमा लड्ने र अहिले बोल्नु भन्दा मैदानमा देखाउने थपिन् ।

भुटानकी प्रशिक्षक क्युङ सुक होङले प्रतियोगिताका लागि राम्रो तयारी गरेर आएको बताइन् । टोलीकी कप्तान पेमा छोदेन छिरिङले घरेलु मैदानमा नेपालको सामना गर्न सहज नहुने बताइन् । प्रतियोगिताको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उनले नेपाली समर्थकमाझ खेल्न मानसिक रुपमा पनि कठिन हुने अभिव्यक्ति दिइन् । ‘हाम्रो टोलीमा युवा खेलाडीको बाहुल्यता छ । नेपाल निकै बलियो टोली हो । घरेलु टोलीविरुद्ध खेल्न सहज हुने छैन ।’ उनले भनिन्, ‘घरेलु समर्थकको अगाडि खेल्नु मानसिक रुपमा पनि सहज हुँदैन ।’

‘हामी लामो समय देशबाहिर गएर खेल्न पाएका छैनौं । त्यसैले नेपालमा चाडै आएर मैत्रीपूर्ण खेल पनि खेलेका छौं । यहाँको वातावरणसँग भिजेका छौं ।’ उनले भनिन्, ‘घरेलु लिगको भरमा हामीले टोली निर्माण गरेका छौं । आशा छ राम्रो नतिजा आउनेछ ।’

नियमित कप्तान रेनुका नगरकोटे घाइते भएपछि प्रतियोगिताको एक दिनअघि मात्रै नयाँ कप्तानमा गोलरक्षक एन्जिलालाई घोषणा गरेको हो ।

पाँच संस्करणमध्ये चार पटक फाइनल खेलेको नेपाल चौथो संस्करणमा भारतसँग सेमिफाइनलमा पराजित भएको थियो । सबै चार फाइनलमा पनि नेपाल भारतसँग नै पराजित भएको थियो ।

नेपाली टोली : एन्जिला तुम्बापो सुब्बा (कप्तान), अन्जना राना मगर, उषा नाथ, हिरा कुमारी भुजेल, अमृता जैसी (उपकप्तान), गीता राना, पुनम जर्घा मगर, निशा थोकर, समिक्षा घिमिरे, विमला विक, विमला चौधरी, मन्जली कुमारी योन्जन, प्रिती राई, सरु लिम्बु, दीपा राई, दीपा शाही, इन्दिरा राई, अनिता बस्नेत, अनिता केसी, अमिशा कार्की, रेखा कुमारी पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.