default_image

3 years ago

September 6, 2022

नेपाल विरुद्ध भुटान : सम्पूर्ण जानकारी

237 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – छैटौं महिला साफ च्याम्पियनसिप मंगलबारदेखि दशरथ रंगशालामा सुरु हुँदैछ । साँझ ५:३० बजे हुने उद्घाटन खेलमा नेपालले भुटानको सामना गर्दैछ ।

प्रतियोगितामा हालसम्म कुनै जित दर्ता गर्न नसकेको भुटान नेपालविरुद्ध उत्रँदा कागजी रुपमा घरेलु टोली निकै बलियो मानिएको छ । पछिल्ला तीन प्रतियोगितामा एक आपसमा भिड्दा भुटानले नेपालविरुद्ध कुनै गोल गर्न सकेको छैन । नेपालले भने ३ खेलमा १९ गोल गरेको छ ।

सन् २०१९ मा विराटनगरमा भएको साफमा नेपालले भुटानलाई ३-० ले हराएको थियो । उक्त खेलमा मन्जली कुमारी योन्जन, सावित्रा भण्डारी र निरु थापाले गोल गरेका थिए । सावित्राको लागि भुटानविरुद्ध खेल सधैं विशेष रहने गर्छ । उनले सन् २०१४ को साफ्मा भुटानविरुद्ध खेल्दै डेब्यु गरेकी थिइन् । उक्त खेलमा नेपाल ८-० ले विजयी हुँदा उनले बेन्चबाट छिरेर अन्तिम गोल गरेकी थिइन् । सन् २०१६ मा नेपाल ८-० ले विजयी हुँदा सावित्रा एक्लैले ६ गोल गरेकी थिइन् ।

साफ च्याम्पियनसिपमा भुटानले हालसम्म समूह चरण पार गर्न सकेको छैन । हालसम्म १४ खेल खेल्दा टोलीले १३ हार र १ बराबरीको नतिजा निकालेको छ । भुटानले एकमात्र बराबरी सन् २०१० मा भएको पहिलो संस्करणमा श्रीलंकाविरुद्ध निकालेको थियो । आजको खेलमा नेपालविरुद्ध अंक खोस्न सफल भएमात्र पनि भुटान अर्को चरणमा पुग्ने सम्भावना हुनेछ । त्यसैले टोली रक्षात्मक रुपमा प्रस्तुत भएर नेपाललाई समस्या दिने प्रयासमा हुनेछ ।

साफ च्याम्पियनसिपमा दुई टोलीको एक आपसमा नतिजा :

सन् २०१० : दुई फरक समूह

सन् २०१२ : दुई फरक समूह

सन् २०१४ : नेपाल ८-० भुटान

सन् २०१६ : नेपाल ८-० भुटान

सन् २०१८ : नेपाल ३-० भुटान

खेलअघि के भन्छन् नेपाल र भुटान ?

नेपाली टोलीका मुख्य प्रशिक्षक कुमार थापाले बिगतलाई बिर्सेर राम्रो गर्ने लक्ष्य रहेको बताएका छन् । ‘पहिलेको नतिजा हेरेर अनुमान गर्न सकिदैन । च्याम्पियन को बन्छ भनेर हामी पनि अनुमान गर्न सक्दैनौं । आफुले दोस्रोपटक पाएको मौकालाई खेर जान दिने छैनौं,’ उनले थपे, ‘हामीले कसैलाई कमजोर आँकेका छैनौं । पहिला लिग चरणमा केन्द्रित रहन्छौं त्यसपछि नकआउटमा ध्यान दिनेछौँ ।’

रंगशालामा पहिलोपटक आधिकारिक च्याम्पियनसिप खेल्दा सबै खेलाडीको मानसिकतालाई सामान्य गराउने उनले थपे । गोलरक्षक तथा कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले आफ्नो कप्तानीमा त्यो विश्वासलाई गुम्न नदिने बताइन् । उनले अन्तिमसम्म मैदानमा लड्ने र अहिले बोल्नु भन्दा मैदानमा देखाउने थपिन् ।

भुटानकी प्रशिक्षक क्युङ सुक होङले प्रतियोगिताका लागि राम्रो तयारी गरेर आएको बताइन् । टोलीकी कप्तान पेमा छोदेन छिरिङले घरेलु मैदानमा नेपालको सामना गर्न सहज नहुने बताइन् । प्रतियोगिताको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उनले नेपाली समर्थकमाझ खेल्न मानसिक रुपमा पनि कठिन हुने अभिव्यक्ति दिइन् । ‘हाम्रो टोलीमा युवा खेलाडीको बाहुल्यता छ । नेपाल निकै बलियो टोली हो । घरेलु टोलीविरुद्ध खेल्न सहज हुने छैन ।’ उनले भनिन्, ‘घरेलु समर्थकको अगाडि खेल्नु मानसिक रुपमा पनि सहज हुँदैन ।’

‘हामी लामो समय देशबाहिर गएर खेल्न पाएका छैनौं । त्यसैले नेपालमा चाडै आएर मैत्रीपूर्ण खेल पनि खेलेका छौं । यहाँको वातावरणसँग भिजेका छौं ।’ उनले भनिन्, ‘घरेलु लिगको भरमा हामीले टोली निर्माण गरेका छौं । आशा छ राम्रो नतिजा आउनेछ ।’

प्रत्यक्ष प्रसारण :

एन्फाले प्रतियोगिताको मार्केटिङ र ब्रोडकाष्टिङ अधिकार भारतको १०० स्पोर्ट्सलाई विक्री गरेको थियो । १०० स्पोर्ट्सले नेपालमा एपी१ टेलिभिजनलाई प्रसारण अधिकार दिएको छ । एपी१ कै युट्युब च्यानलबाट नेपालभर खेल प्रत्यक्ष प्रसारण गरिनेछ ।

नेपाली टोलीबारे विस्तृत विवरण यहाँ : इतिहास रच्न आतुर नेपाल : टोलीभित्र अभावसँगै आन्तरिक प्रतिस्पर्धा

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.