3 years ago
September 6, 2022
काठमाडौं (हाम्रो खेलकुद)– साफ च्याम्पियनसिप र दक्षिण एसियाली खेलकुद (साग) मा नेपाल सदाबहार दाबेदार मध्येको एक टोली हो । साफ च्याम्पियनसिपको पछिल्लो ५ संस्करण मध्ये ४ वटा फाइनल खेलेबाटै नेपालको दाबेदारी बलियो छ । तर, उपाधि जित्न भने असफल रहँदै आएको छ ।

सन् २०१६ को चौथो चरणमा भने नेपाल सेमिफाइनलबाट बाहिरिएको थियो । फाइनल र एक पटकको सेमिफाइनल सबैमा नेपाल भारतसँग पराजित हुँदै आएको छ । तुलानात्मक रुपमा अन्य टोली भने नेपालका लागि सहज मानिदै आएको छ ।
नेपालले साफ च्याम्पियनसिप सधैं दमदार सुरुवात गर्दै आएको छ । नेपालले हरेक पटक पहिलो खेल जित्दै आएको छ ।
नेपालले चौथो पटक पहिलो खेलमा भुटानको सामना गर्दैछ । च्याम्पियनसिपकै उद्घाटन खेलमा आज नेपाल र भुटानबीच प्रतिस्पर्धा हुँदैछ । सुरुवाती दुई संस्करणबाहेक सबैमा नेपालको पहिलो खेलको प्रतिद्वन्द्वि भुटान रहँदै आएको छ ।
भुटानलाई तेस्रो र चौथोमा समान ८–० ले हराएको थियो । पछिल्लो पटक पाँचौं संस्करणमा भने नेपाल ३–० ले मात्र विजयी भएको थियो । यसरी हेर्दा भुटानले नेपालसँगको अन्तरलाई घटाएको छ । पहिलो दुई संस्करणको पहिलो खेलमा भने नेपालले मादिल्स्लाई ६–० र पाकिस्तानलाई ८–० ले हराएको थियो ।
पछिल्ला तीनै संस्करणमा भुटानविरुद्ध फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ले गोल गरेकी छिन् । तेस्रो र पाँचौं संस्करण भुटानविरुद्ध १ गोल गरेकी तथा चौथो संस्करणमा भने ६ गोल गरेकी थिइन् । सन् २०१४ संस्करणबाट नेपाली टोलीबाट खेल्दै आएकी सावित्रा अहिले पनि टोलीको मुख्य फरवार्डका रुपमा रहेकी छन् ।
साफ च्याम्पियनसिपमा नेपालको पहिलो खेल
वर्ष – प्रतिद्वन्द्वी – नतिजा
२०१० माल्दिभ्स ६–०
२०१२ पाकिस्तान ८–०
२०१४ भुटान ८–०
२०१६ भुटान ८–०
२०१९ भुटान ३–०
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]