default_image

3 years ago

September 7, 2022

साविक विजेता भारतको विजयी सुरुवात

228 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – छैटौं महिला साफ च्याम्पियनसिप अन्तर्गत समूह ए को पहिलो खेलमा साविक विजेता भारतले विजयी सुरुवात गरेको छ । भारतले पाकिस्तानमाथि ३-० को जित दर्ता गर्दै ३ अंक जोडेको हो ।

खेलको सुरुवातमा पाकिस्तानले केही राम्रो मुभ सिर्जना गरेपनि पाकिस्तानी कप्तानले आत्मघाती गोल गरेपछि टोली दबाबमा देखियो । पहिलो गोलको केही मिनेटपछि नै दोस्रो गोल गरेपछि पाकिस्तानले रक्षात्मक रणनीति लिएको थियो । भारतले त्यसपछि निरन्तर आक्रमण गरेपनि गोल थप्न कठिन भयो । इन्ज्युरी समयमा भने भारतले अग्रता बढायो ।

दशरथ रंगशालामा खेलको चौथो मिनेटमा नै पाकिस्तानले अग्रता लिने सुवर्ण अवसर खेर फाल्यो । जुल्फिया नाजिरको पासमा नादिया खानले वन भर्सेस वनको अवस्थामा गोल गर्न सकिनन् । जुल्फियाले अफसाइड ट्रयाप बिट गर्दै दिएको पासमा नादियाले पेनाल्टी क्षेत्रको दायाँ भागबाट गरेको प्रहारले गोलरक्षकलाई पनि समस्या दिन सकेन ।

खेलको २० औं मिनेटमा भारतले अग्रता लियो । भारतकी सन्ध्या रंगनाथनले बायाँ विंगबाट गरेको क्रस गोलरक्षक सहिदा महापाराले बचाएकी थिइन् । तर रिबाउन्डमा आएको बल कप्तान मारिया खानलाई लाग्दै आफ्नै पोस्टमा छिरेको थियो ।

पहिलो गोल गरेको दुई मिनेट नबित्दै भारतले अग्रता दोब्बर पार्यो । दाङमेइ ग्रेसले पेनाल्टी क्षेत्र भित्रबाट गोल गर्दै २-० को अग्रता दिलाइन् । उनले अन्जु तामाङको चलाखीपूर्ण पासलाई नियन्त्रणमा लिँदै वन भर्सेस वनमा गोल गरेकी थिइन् ।

५९ औं मिनेटमा कप्तान मारियाको प्रहार भारतकी गोलरक्षक अदिति चौहानले सहजै बचाइन् । लगत्तै ६१ औं मिनेटमा जुल्फियाको क्रस सिधै पोस्टतर्फ गएपनि अदितिले दोस्रो प्रयासमा बचाइन् । ६५ औं मिनेटमा रन्जना चानुको क्रसमा पाकिस्तानको डिफेन्स लाइन र गोलरक्षक बिट भएपनि सौम्या गुगुलगोठले बल नियन्त्रणमा लिने क्रममा हातले छुँदा रेफ्रीले फल दिएकी थिइन् ।

७३ औं मिनेटमा भारतले अग्रता बढाउने अर्को अवसर गुमायो । ग्रेसको क्रसमा गोलरक्षक बिट भएपनि किरण पिस्दाले खाली पोस्टमा बललाई गोल गर्न सकिनन् । लगत्तै ऋतु रानीले झन्डै ३० यार्ड टाढाबाट गरेको प्रहार पोस्ट नजिकबाट बाहिरियो । ८० औं मिनेटमा किरणको पासमा अन्जुको प्रहारले पोस्टको दिशा लिन सकेन ।

इन्ज्युरी समयमा भारतले अर्को गोल थप्यो । रन्जना चानुको क्रसमा सौम्या गुगुलगोठले गोल गर्दै ३-० को जित पक्का गरिन् ।

आज हुने समूह ए को दोस्रो खेलमा बंगलादेशले माल्दिभ्सको सामना गर्नेछ । खेल साँझ ५:३० बजे दशरथ रंगशालामा हुनेछ ।

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.