default_image

3 years ago

September 8, 2022

लिभरपुलको लज्जास्पद हार

313 views

0 Bookmark

एजेन्सी – साविक उपविजेता इंग्लिस क्लब लिभरपुलले नयाँ सिजनको युइएफए च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमै लज्जास्पद हार बेहोरेको छ । लिभरपुलले घरेलु टोली नेपोलीसँग ४–१ के लज्जास्पद हार बेहोरेको हो ।

डिएगो अर्मान्डो म्याराडोना स्टेडियममा बुधबार राति भएको खेलमा घरेलु टोलीको जितमा पिओटर जिलेन्स्कीले दुई तथा आन्द्रे फ्रान्क जाम्वो एनगुइसा र जियोभानी सिमिओनले समान एक गोल गरे । लिभरपुलका लुइस डियासले एक गोल फर्काए ।

खेलको पाँचौं मिनेटमा पिओटर जिलेन्स्कीले पेनाल्टीमा गोल गर्दै नेपोलीलाई सुरुवाती अग्रता दिलाए । १८औं मिनेटमा भिक्टर ओसिमहेम पेनाल्टीमा चुक्दा नेपोली अग्रता दोब्बर पार्नबाट चुक्यो । ३१औं मिनेटमा आन्द्रे फ्रान्क जाम्वो एनगुइसाले गोल गर्दै नेपोलीलाई २–० ले अघि बढाए ।

४४औं मिनेटमा जियोभानी सिमिओनले गोल गरेपछि नेपोली पहिलो हाफमै ३–० को आरामदायी स्थितिमा अघि बढ्यो । ४७औं मिनेटमा पिओटर जिलेन्स्कीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै नेपोलीलाई ४–० को आरामदायी अग्रता दिलाए ।

४९औं मिनेटमा लुइस डियासले गोल गर्दै टोलीलाई खेलमा फर्कने संकेत दिएपनि त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुल पहिलो खेलमै लज्जास्पद हार बेहोर्न पुग्यो । यही समूह ‘ए’ को अर्काे खेलमा डच क्लब आयाक्सले स्कटिस क्लब रेन्जर्सलाई ४–० ले पराजि तगर्दै विजयी सुरुवात गरेको छ ।

आयाक्सको जितमा एड्सन अल्भारेज, स्टेभन वर्गहुइस, मोहम्मेद कुडुस र स्टेभन वर्गवाइनले गोल गरे । यस नतिजापछि आयाक्स ३ अंक जोडेरमा समूहमा शीर्षस्थानमा रहेको छ । समान ३ अंक नै रहेपनि नेपोली गोलअन्तरमा दोस्रो स्थानमा छ । अंकविहीन लिभरपुल तेस्रो तथा रेन्जर्स पुछारमा छ ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.