default_image

3 years ago

September 9, 2022

साफ च्याम्पियनसिप : भुटान र श्रीलंका भिड्दै

289 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – छैटौं महिला साफ च्याम्पियनसिप अन्तर्गत शुक्रबार समूह बी को दोस्रो खेलमा श्रीलंका र भुटान खेल्दैछन् । खेल साँझ ५:३० बजे दशरथ रंगशालामा हुनेछ ।

समूह बी मा भुटान दोस्रो खेल खेल्दैछ । पहिलो खेलमा नेपालले भुटानलाई ४-० ले पराजित गरेको थियो । आजको खेलमा अंक हासिल गर्न नसके भुटान फेरी एकपटक समूह चरणबाट बाहिरिनेछ । भुटानले हालसम्म साफ च्याम्पियनसिपको इतिहासमा कुनै खेल जित्न सकेको छैन ।

श्रीलंका प्रतियोगितामा पहिलो खेल खेल्दैछ । आजको खेलमा श्रीलंकाले जित हासिल गरे श्रीलंका र नेपाल एक खेल अगावै सेमिफाइनलमा पुग्नेछन् । भुटानले जित हासिल गर्न नसकेमा नेपाल सेमिफाइनलमा पुग्नेछ ।

प्रतियोगिता अन्तर्गत समूह ए मा सबै टोलीले १-१ खेल खेलेका छन् । भारतले पाकिस्तानमाथि ३-० को जित दर्ता गरेको थियो । बंगलादेशले माल्दिभ्सलाई ३-० ले हराउँदै विजयी सुरुवात गरेको छ ।

दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछ ।

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.