3 years ago
September 9, 2022
काठमाडौं (हाम्रो खेलकुद)– भुटानले महिला साफ च्याम्पियनसिपको समूह चरणमा शुक्रबार श्रीलंकाविरुद्ध खेलमा अग्रतालाई दोब्बर बनाएको छ । दशरथ रंगशालामा जारी खेलेको दोस्रो हाफ सुरु भएको पाँचौं मिनेटमै भुटानले अर्को गोल थपेपछि भुटान २–० ले अघि लागेको छ ।

दोस्रो गोल ५० औं मिनेटमा डेखी लाजोमले गरेकी थिइन् । पेनाल्टी बक्स भित्र घले वाङ्मोको पासमा डेखीले गोल गरेकी हुन् ।
त्यसअघि नामङ्याल डेमाको सानदार गोलमा भुटानले अग्रता लिएको थियो । ४२ औं मिनेटमा पेनाल्टी बक्सको केहि बाहिर पाएको अवसरमा नामङ्यालले पहिलो बारमा गोल गरेका थिइन् ।
भुटानका लागि आजको खेल महत्वपूर्ण रहेको छ । आजको खेल गुमाएको खण्डमा भने भुटान च्याम्पियनसिपबाट बाहिरिने छ । समूह बीको पहिलो खेलमा नेपालले भुटानलाई ४–० ले हराएको थियो । श्रीलंकाले भने अर्को खेल भदौ २७ गते नेपालसँग खेल्ने छ ।
भुटानले साफ च्याम्पियनसिपमा अहिले सम्म जित निकाल्न सकेको छैन । सन् २०१० मा श्रीलंकाविरुद्धकै खेलमा भुटानले १–१ को बराबरी खेलेको थियो । भुटानको साफ च्याम्पियनसिपमा अहिले सम्मको त्यो नै सफल नतिजा हो ।
समूह एमा साविक विजेता समेत रहेको भारतले र बंगलादेशले विजयी सुरुवात गरेका छन् । भारतले पाकिस्तानलाई र बंगलादेशले माल्दिभ्सलाई समान ३–० ले हराएको थियो । भारत च्याम्पियनसिपको सबै ५ संस्करणको विजेता हो । नेपालले भने ४ पटक फाइनल खेलेको छ । एक पटक बंगलादेश फाइनल पुगेको थियो ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]