3 years ago
September 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान सविना खातुनको ह्याट्रिकमा बंगलादेशले छैटौं महिला साफ च्याम्पियनसिप २०२२ अन्तर्गत समूह ए को दोस्रो खेलमा पाकिस्तानलाई पराजित गरेको छ ।

लगातार दोस्रो जित दर्ता गर्ने क्रममा बंगलादेशले ६-० को जित हासिल गरेको हो । पहिलो हाफदेखि नै आक्रामक फुटबल खेलेको बंगलादेशले पाकिस्तानलाई खेल अवधिभर दबाबमा राखेको थियो । काउन्टर अट्याकमा केही आक्रमण मुभ सिर्जना गर्नुबाहेक पाकिस्तान अधिकांश समय डिफेन्समा व्यस्त रहयो ।
खेलको तेस्रो मिनेटमा नै बंगलादेशले मोनिका चक्माको गोलमा अग्रता लियो । कप्तान सविना खातुनले दायाँ विंगबाट दिएको क्रस डिफेन्सले क्लियर गरेपनि पेनाल्टी क्षेत्र बाहिर रहेकी मोनिकाले सुन्दर गोल गरिन् । अनमार्क रहेकी मोनिकाले बललाई नियन्त्रणमा लिँदै दोस्रो बारको बटम कर्नरमा सुन्दर प्लेसमेन्ट गरिन् ।
त्यसअघि पहिलो मिनेटमा नै पाकिस्तानले सुवर्ण अवसर प्राप्त गरेको थियो । एकल प्रयासमा जुल्फिया नाजिरले मिडफिल्डबाट बल अघि बढाउँदै वन भर्सेस वनको स्थितिमा प्रहार गरेपनि गोलरक्षक रुपना चक्माले बचाउ गरिन् । १२ औं मिनेटमा कप्तान सविनाले अग्रता दोब्बर पार्ने अवसर खेर फालिन् । सिरात जहान सोप्नाको पास लिँदा ६ यार्ड बक्सअघि अनमार्क रहेकी उनको प्रहार पोस्टभन्दा माथि गएको थियो ।

२८ औं मिनेटमा सोप्नाले बंगलादेशको अग्रता दोब्बर पारिन् । काउन्टर अट्याकमा उत्कृष्ट टिम मुभलाई सोप्नाले सुन्र फिनिसका साथ अन्त्य गरिन् । कप्तान सविनाको अन्तिम पासलाई उनले नियन्त्रणमा लिँदै गोलरक्षक सायदा महापारालाई कुनै मौका दिइनन् ।
३१ औं मिनेटमा सविनाले बंगलादेशलाई ३-० ले अघि बढाइन् । मारियासँग वन टु पास खेल्ने क्रममा अन्तिम पासलाई पाकिस्तानी डिफेन्सले क्लियर गर्न नसक्दा सविनाले पेनाल्टी क्षेत्रभित्र खुला बललाई पोस्टको दिशा दिइन् । ३५ औं मिनेटमा सविनाले व्यक्तिगत दोस्रो गोल गरिन् । सन्जिदा अख्तरको कटब्याकमा गोलरक्षक बिट भएपछि सविनाले ६ यार्ड बक्स भित्रबाट डिफेन्सको चुनौती पन्छाउँदै गोल गरिन् ।
३८ औं मिनेटमा पाकिस्तानकी गोलरक्षक महापाराले सुन्दर बचाउ गर्दो गोल अन्तर बढाउन दिइनन् । पहिलो हाफको इन्ज्युरी समयमा जुल्फिया नाजिरले पाकिस्तानका लागि अग्रता घटाउने अवसर पाएपनि सदुपयोग गर्न सकिनन् । काउन्टरमा अघि बढेकी जुल्फियाको प्रयासलाई बंगलादेशकी गोलरक्षक रुपना चक्मा र अखि खातुनले विफल पारेका थिए ।

दोस्रो हाफको ५८ औं मिनेटमा सविनाले ह्याट्रिक पूरा गरिन् । मारिया मान्दाले दायाँ विंगबाट दिएको क्रसलाई सविनाले उत्कृष्ट हेडरमार्फत गोल पूरा गरिन् । उनले प्रतियोगिताको पहिलो ह्याट्रिक समेत प्रहार गरेकी हुन् ।
६७ औं मिनेटमा सुहा हिरानीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई गोलरक्षक चक्माले सहजै बचाइन् । ७६ औं मिनेटमा बंगलादेशका लागि ऋतु पूर्णा चक्माले सुन्दर गोल गरिन् । उनले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहार गोलरक्षक महापाराले बचाउन सकिनन् ।
आज हुने समूह ए को दोस्रो खेलमा भारत र माल्दिभ्स खेल्नेछन् । खेल साँझ ५:३० बजे सुरु हुनेछ । समूह ए मा बंगलादेश २ खेलमा ६ अंकसहित शीर्ष स्थानमा छ । भारतको ३ अंक छ भने माल्दिभ्स र पाकिस्तान अंकविहिन छ । आजको खेलमा भारतले जित हासिल गरे बंगलादेश र भारत सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]