default_image

3 years ago

September 10, 2022

नेपाल भुटानसँग पराजित

291 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू-२० च्याम्पियनसिप २०२३ को छनोट अन्तर्गत समूहको पहिलो खेलमा नेपाल भुटानसँग पराजित भएको छ ।

बहराइनको खलिफा स्पोर्ट्स रंगशालामा शनिबार भएको खेलमा भुटानले नेपाललाई २-० ले हराएको हो । भुटानले दुवै हाफमा १-१ गोल गर्दै खेलमा जित हासिल गरेको हो । ३३ औं मिनेटमा भुटानले सोनाम चोजाङको गोलमा अग्रता लिएको थियो । भुटानको मिडफिल्डबाट आएको लामो पासमा नेपाली डिफेन्स र गोलरक्षकबीच समन्वय हुन नसक्दा सोनामले त्यसको फाइदा उठाउँदै गोल गरे ।

दोस्रो हाफको सुरुवातमा नै भुटानले अग्रता दोब्बर पार्यो । कर्मा टासी जाम्सोले पुन: एकपटक नेपाली डिफेन्सको कमजोरीको फाइदा उठाए । लामो पासमा सोनामले गरेको फ्लिक हेडरमा नेपाली डिफेन्स लाइन बिट भएपछि कर्माले पहिलो टचमै हाफ भलीमा गरेको प्रहार गोल भएको थियो ।

इन्ज्युरी समयको अनिम मिनेटमा नेपाल १० खेलाडीमा समेटिएको थियो । अभिषेक वाइबाले डरलाग्दो फल गरेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड दिएका थिए ।

यससँगै गत महिना सम्पन्न साफ यू-२० च्याम्पियनसिपमा राम्रो प्रदर्शन गर्दै तेस्रो भएको नेपालले एएफसी छनोटमा भने खराब सुरुवात गरेको छ । साफ यू-२० मा सहभागिता नै नजनाएको भुटानले भने नेपाललाई हराउँदै सानदार सुरुवात गरेको छ ।

एएफसी यू-२० छनोटको यस समूहमा नेपाल र भुटानसँगै कतार, आयोजक बहराइन र बंगलादेश छन् । बंगलादेश साफ यू-२० मा उपविजेता बनेको थियो । साफमा नेपाल र बंगलादेशको खेल १-१ को बराबरीमा सकिएको थियो ।

एएफसी यू-२० छनोटमा अब नेपालले सोमबार कतारको सामना गर्नेछ । खेल नेपाली समयअनुसार रातको ११:४५ बजे हुनेछ । एएफसी यू-२० मा सहभागी १० समूहबाट सबै शीर्ष टोली र उत्कृष्ट ५ दोस्रो स्थानको टोली अन्तिम चरणका लागि अघि बढ्नेछन् ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.