default_image

3 years ago

September 12, 2022

‘सेमिफाइनलमा पनि रणनीति परिवर्तन हुँदैन’

234 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक कुमार थापाले लगातार दोस्रो जित दर्ता गरेपछि आफ्नो रणनीतिमा कुनै परिवर्तन नगर्ने बताएका छन् ।

सोमबार दशरथ रंगशालामा भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ६-० ले पराजित गर्दै नेपाल समूह विजेता बन्यो । पहिलो खेलमा नेपालले भुटानलाई ४-० ले पराजित गरेको थियो । पहिलो खेलमा डेंगीका कारण विंगर मन्जली कुमारी योन्जनलाई गुमाएको नेपालले दोस्रो खेलमा सावित्रा भण्डारीलाई डेंगीकै कारण प्रयोग गर्न सकेन । दुवै खेलाडी सेमिफाइनलमा उपलब्ध हुनेबारे केही भन्न सकिने अवस्था छैन ‌।

प्रशिक्षक थापाले टोलीमा महत्त्वपूर्ण भूमिका रहेका दुवै खेलाडी अनुपस्थित रहेपनि आफ्नो रणनीति परिवर्तन नगर्ने बताए । ‘हामी आफ्नो रणनीति बदल्ने छैनौं । दुई खेलाडी अनुपस्थित हुन्छन् भन्दिन, हामीसँग अझै ३ दिन छ । उनीहरुको अवस्था ठिक हुन्छ भन्ने आशा गरौं,’ उनले भने ।

श्रीलंकाविरुद्ध प्रशिक्षक थापाले पछिल्लो खेलबाट आक्रमणमा दुई खेलाडी परिवर्तन गरेका थिए । रेखा पौडेल र रश्मीकुमारी घिसिङले सुरुवात गर्ने अवसर पाएपनि प्रशिक्षक थापा प्रदर्शनबाट सन्तुष्ट देखिएनन् । ‘ खेलाडीले एकदम गोल गर्न हतार‌ गरे । हामीले आफ्नो शैली अनुसार खेल्न सकेनौं । म खुसी छैन । आज त श्रीलंकाविरुद्ध कठिन थिएन तर अन्य टोलीविरुद्ध गाह्रो हुन्छ,’ उनले भने ।

प्रशिक्षक थापाले भारत र बंगलादेश दुवै बलियो टोली भएकाले जुनसुकै टोलीविरुद्ध पनि नेपाल तयार रहेको बताए । ‘भारत अनुभवी टोली हो । बंगलादेशको युवा टोलीले प्राविधिक फुटबल खेल्छ । हामी दुवै टोलीको सामना गर्न तयार छौं । आफ्नो रणनीति र शैलीमा बसेर खेल्नेछौं,’ थापाले भने ।

राष्ट्रिय टोलीका लागि पहिलो प्रतियोगिता खेलिरहेका अमिशा कार्की र दीपा शाहि दुवैको प्रदर्शनमा प्रशिक्षक थापाले खुसी व्यक्त गरे । ‘ दुवै राम्रा खेलाडी हुन् ‌। अमिशाले दोस्रो हाफमा आएर दुई गोल गरिन् । दीपाले पनि राम्रो खेलिरहेकी छिन्,’ उनले भने, ‘ मैले डेब्यु दिएका खेलाडी राम्रो खेल्दा खुसी लाग्छ । उनीहरु सक्षम भएर नै खेल्न पाएका हुन् । राम्रो खेल्दा खुसी लाग्छ ।’

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.