3 years ago
September 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय यू-१७ फुटबल टोलीले साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा श्रीलंकासँग खेल्दैछ । पहिलो हाफमै नेपालले ४-० को अग्रता लिएको छ ।

खेलको सुरुवाती मिनेटदेखि नै नेपालले घरेलु टोली श्रीलंकालाई दबाबमा राखेको थियो । कप्तान प्रशान्त लक्षमले नेपाललाई २१ अौं मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता दिलाए । सुवास बमलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि नेपालले पेनाल्टी पाएको थियो ।
नेपालले २३ अौं मिनेटमा अग्रता दोब्बर पार्यो । हरिष राज भट्टले पेनाल्टी क्षेत्र बाहिरबाट उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर पारे । ३० अौं मिनेटमा सुबासले नेपाललाई ३-० ले अघि बढाए । उनले पेनाल्टी क्षेत्रभित्र पहिलो टचमा बल सेट गर्दै तीन डिफेन्डरको अघिबाट फिनिस गरे ।
पहिलो हाफको ३७ अौं मिनेटमा निरज कार्कीले नेपाललाई ४-० ले अघि बढाए । उनले डिफेन्स लाइन र गोलरक्षक बिट भएपछि दबाबमा रहँदा पेनाल्टी क्षेत्रको दायाँ भागबाट गोल गरे ।
यसअघि प्रतियोगिताको पहिलो सेमिफाइनलमा भारतले बंगलादेशलाई २-१ ले पराजित गरेको थियो । नेपालले समूह चरणको खेलमा भारतलाई ३-१ ले हराएको थियो ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]