9 years ago
December 22, 2016
काठमाडौं (हाम्रो खेलकुद)– झन्डै पाँच साताअघि एएफसी सोलिडारिटी कप जितेको नेपाल फिफा वरियतामा यथास्थानमा रहेको छ । फिफाले डिसेम्बर महिनाका लागि बिहीबार जारी गरेको वरियतामा नेपाल १ सय ८१ औं स्थानमा रहेको छ । अघिल्लो महिना पनि नेपाल सोही स्थानमा थियो ।

नेपालले नोभेम्बर १५ मा मलेसियाको कुचिङमा सोलिडारिटी कपको फाइनलमा मकाउलाई १–० ले हराएयता कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलको छैन । एसियाली फुटबल महासंघ (एएफसी) ले आयोजना गरेको उपाधि नेपालले जितेको त्यो पहिलो पटक थियो । एएफसी जितेको केही दिनमै नेपाली टोलीले मैत्रीपूर्ण खेलमा फ्रेन्ड्स अफ जापानलाई सातदोबाटोमा १–० ले पराजित गरेपनि त्यो औपचारिक खेल थिएन ।
दक्षिण एसियाली राष्ट्रमा भारत शीर्षस्थानमा रहेको छ । दुई स्थान माथि उक्लेको भारत १ सय ३५ औं स्थानमा छ । अन्य दक्षिण एसियाली देश यथास्थानमा छन् । नेपाल भन्दा पछाडी बंगलादेश (१८५), श्रीलंका (१९५) र पाकिस्तान (१९७) छन् । माल्दिभ्स (१५४) र भुटान (१७७) फिफा वरियतामा नेपाल भन्दामाथि छन् । दक्षिण एसियाको फुटबलबाट अलग भैसकेको अफगानिस्तान १ सय ४६ औं स्थानमा छ । अर्जेन्टिना फिफा वरियताको शीर्षस्थानमा ब्राजिल दोस्रो र विश्वकप विजेता जर्मनी तेस्रो स्थानमा छ ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]