default_image

3 years ago

September 13, 2022

माल्दिभ्सविरुद्ध पाकिस्तानको अग्रता

203 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– महिला साफ च्याम्पिनसिपमा माल्दिभ्सविरुद्ध मंगलबार खेलको पहिलो हाफमा पाकिस्तानले १–० को अग्रता लिएको छ । च्याम्पियनसिपबाट बाहिरिसकेका दुई टोलीबीचको खेल प्रतिष्ठाका लागि मात्र रहेको छ ।

दशरथ रंगशालामा रमिन फारिदको गोलमा पाकिस्तानले अग्रता लिएको थियो । झण्डै २५ यार्ड टाढाबाट उनले गोल गरेकी थिइन् । ३९ औं मिनेटमा जुल्फिया नजिरको पासमा रमिनले गोल गरेकी थिइन् । माल्दिभ्सकी गोलकिपर नजिरको प्रहारलाई ठम्याउन नसक्दा गोल भएको थियो ।

यी दुई टोली सम्मलित समूह एबाट भारत र बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन् । दुवै टोलीको सुरुवाती दुई खेलमा कमजोर प्रदर्शन रहेको थियो । पाकिस्तान पहिलो खेलमा भारतसँग ३–० र दोस्रो खेलमा बंगलादेशसँग ६–० ले पराजित भएको थियो ।

अर्कोतर्फ माल्दिभ्स पहिलो खेलमा बंगलादेशसँग ३–० र दोस्रो खेलमा भारतसँग ९–० ले पराजित भएको थियो । पाकिस्तान झण्डै ८ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्केको हो । त्यसअर्थ अन्तिम खेल साफ च्याम्पियनसिपमा सुखद अन्त्यका साथ स्वदेश फर्कने प्रयासमा हुनेछ ।

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.