3 years ago
September 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – दशरथ रंगशालामा जारी महिला साफ च्याम्पियसिपको समूह चरणको अन्तिम खेल भारत र बंगलादेशबीच मंगलबार साँझ साढे ५ः०० मा सुरु हुनेछ । सेमिफाइनल पुगिसकेका दुई टोलीबीचको प्रतिस्पर्धाले समूह विजेता र उपविजेताको टुंगो लगाउने छ ।

भारत र बंगलादेशबीच प्रतिस्पर्धा भइराख्दा सेमिफाइनलमा कुन टोलीसँग प्रतिस्पर्धा गर्नुपर्ने हो भन्नेमा नेपाली टोलीको नजर रहनेछ । सबै संस्करणको च्याम्पियन भारत र एक पटक फाइनल खेलेको बंगलादेश दुवैले पछिल्ला दुई खेलमा गोलको वर्षा नै गरेका छन् । सेमिफाइनल अघि यी दुई टोलीबीच हुने खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।
भारतले पाकिस्तानलाई र बंगलादेशले माल्दिभ्सलाई समान ३–० को अन्तरमा हराउँदै च्याम्पियनसिपको यात्रा सुरु गरेका थिए । फरक दुई टोलीले दोस्रो खेलको जितमा गरेको गोलअन्तर मात्रै छ । दोस्रो खेलमा बंगलादेशले पाकिस्तानलाई ६–० ले तथा भारतले माल्दिभ्सलाई ९–० ले हराएको थियो । समान ६ अंक जोडेका भारत र बंगलादेश शीर्ष दुई स्थानमा रहँदा यी दुई टोलीबीच गोलअन्तर मात्र फरक रहेको छ ।
दुवैको लक्ष्य समूह विजेता बन्नुहुनेछ । त्यसको मुख्य कारण सेमिफाइनलमा नेपाली टोली चुनौतीसँग प्रतिस्पर्धा गर्नु नपरोस् भन्ने हो । समूह एको उपविजेता भुटानसँग सेमिफाइनल खेल्नु भारत र बंगलादेश दुवैका लागि नेपालसँग भन्दा तुलानात्मक रुपमा सहज हुनेछ । नेपालले पहिलो खेलमा ४–० ले हराएको श्रीलंकालाई ५–० ले हराउँदै भुटान पहिलो पटक सेमिफाइनल पुगेको थियो ।
इतिहास हेर्ने हो भने भारत बंगलादेश मात्र होइन दक्षिण एसियाका सबै टोलीमाथि हाबी रहँदै आएको छ । बंगलादेशले अहिले सम्म भारतलाई साफ च्याम्पियनसिपमा हराउन सकेको छैन । एकै समूहमा रहँदा सन् २०१६ मा गोलरहित बराबरीमा रोक्नुनै भारतविरुद्ध बंगलादेशको अहिले सम्मको सफल नतिजा हो । त्यसबाहेक ५ भेटमा पाँचै पटक भारतसँग बंगलादेश पराजित भएको छ ।
यद्दपी यसपटक बंगलादेश अझै शसक्त ढंगले प्रस्तुत भएको छ । बंगलादेशको सुन्दर खेलले सबैलाई प्रभावित पारेको छ । त्यसअर्थ भारत पनि पक्कै बंगलादेशसँग चनाखो रहनेछ । मंगलबारको खेल बराबरीमा टुंगिए भारत समूह विजेता बन्नेछ भने बंगलादेश उपविजेता बन्ने छ । जितले मात्र बंगलादेश समूह विजेता बन्नेछ ।
भारत र बंगलादेविरुद्ध नेपालको प्रदर्शन
साफ च्याम्पियनसिपमा नेपालले भारतलाई हराउन सकेको छैन । ४ पटक फाइनल र एक पटक सेमिफाइनल सबैमा नेपाल भारतसँग नै पराजित भएको थियो । अर्कोतर्फ बंगलादेशले हराउन नसकेको दुई टोली भारत र नेपाल नै हुन् । त्यसअर्थ नेपालका लागि पनि बंगलादेश भारतभन्दा सहज प्रतिद्वन्द्वि हो ।
बंगलादेशसँग यसअघि का ३ भेटमा नेपालले सबै खेल जितेको छ । नेपालले बंगलादेशलाई सन् २०१० को पहिलो संस्करणमा ३–० र २०१४ को तेस्रो संस्करणमा १–० ले हराउँदै फाइनलको यात्रा तय गरेको थियो । २०१९ को विराटनगरमा भएको पाँचौं संस्करणको एक समूहमा रहँदा नेपालले बंगलादेशलाई ३–० ले हराएको थियो । २०१६ को संस्करणमा जहाँ नेपाल फाइनल पुग्न असफल भएको थियो भने बंगलादेशले त्यहि एक संस्करणमा भारतविरुद्ध फाइनल खेलेको थियो ।
भारतसँग साफ च्याम्पियनसिपमा नेपाल सधै पराजित भएको छ । साफको फाइनलमा पहिलो संस्करणमा १–०, दोस्रोमा ३–१, तेस्रोमा ६–० ले भारतसँग पराजित भएको नेपालले २०१६ को सेमिफाइनल नतिजा ३–१ ले सुम्पेको थियो । पाँचौं संस्करणको फाइन्लमा भारतसँग नेपाल ३–० ले पराजित भएको थियो ।
साफ च्याम्पियनसिपमा भारत र बंगलादेशबीचको नतिजा
वर्ष भारत बंगलादेश खेल
२०१० ६ ० समूह चरण
२०१२ ३ ० समूह चरण
२०१४ ५ १ समूह चरण
२०१६ ० ० समूह चरण
२०१६ ३ १ फाइनल
२०१९ ४ ० सेमिफाइनल
साफ च्याम्पियनसिपमा नेपाल र बंगलादेशबीचको नतिजा
वर्ष नेपाल बंगलादेश खेल
२०१० ३ ० सेमिफाइनल
२०१४ १ ० सेमिफाइनल
२०१९ ३ ० समूह चरण
साफ च्याम्पियनसिपमा नेपाल र भारतबीचको नतिजा
वर्ष नेपाल भारत खेल
२०१० ० १ फाइनल
२०१२ १ ३ फाइनल
२०१४ ० ६ फाइनल
२०१६ १ ३ सेमिफाइनल
२०१९ ० ३ फाइनल
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]