3 years ago
September 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – महिला साफ च्याम्पियनसिपको साविक विजेता भारतले प्रतियोगिताको इतिहासमै पहिलो हार बेहोरेको छ । नेपालमा जारी छैटौं संस्करण अन्तर्गत समूह चरणको अन्तिम खेलमा बंगलादेशले भारतलाई ३-० ले पराजित गरेको हो ।

एकपक्षीय खेलमा बंगलादेशले भारतविरुद्ध ३-० को जित दर्ता गरेको हो । खेल अवधिभर नै भारतको डिफेन्सलाई समस्या दिएको बंगलादेशले पहिलो हाफमा २ र दोस्रो हाफमा १ गोल गर्यो । बंगलादेशका लागि दुवै फरवार्डले गोल गर्ने क्रममा मोसमात सिराज जाहान सोप्नाले दुई तथा कृष्णारानी सरकारले एक गोल गरे ।
साफको इतिहासमा भारतको यो पहिलो हार पनि हो । यसअघि साफमा २५ खेल खेल्दा भारतले २४ जित र १ बराबरीको नतिजा निकालेको थियो । सन् २०१६ मा पनि बंगलादेशले समूह चरणको अन्तिम खेलमा भारतलाई गोलरहित बराबरीमा रोकेको थियो । उक्त बराबरीकै कारण नेपाल र भारत सेमिफाइनलमा भिडेका थिए ।
यस जितसँगै बंगलादेश समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । भारत भने समूह उपविजेता बन्दै सेमिफाइनलमा नेपालसँग खेल्नेछ । बंगलादेशले ३ खेलमा ३ जितका साथ ९ अंक जोड्दा भारत ६ अंकमा सिमित भयो । पाकिस्तानले ३ अंक तथा माल्दिभ्स अंकविहिन रहयो ।

पहिलो हाफको सुरुवातदेखि नै आक्रामक देखिएको बंगलादेशले पटक पटक भारतको डिफेन्सलाई समस्या दिएको छ । भारतले भने तुलनात्मक रुपमा कम बल पोसेसन पाएको छ । काउन्टर अट्याकमा पाएको थोरै आक्रमणमा पनि भारत निकै कमजोर देखिएको छ । बंगलादेशका लागि दुवै फरवार्डले गोल गरेका छन् ।
सातौं मिनेटमा बंगलादेशले बल पोस्टभित्र छिराएपनि गरेपनि रेफ्रीले त्यसलाई गोलको मान्यता दिइनन् । क्रसबाट आएको बललाई बंगलादेशका फरवार्डले नियन्त्रण गर्ने क्रममा गोलरक्षकमाथि फल गरेपछि रेफ्रीले फलको निर्णय सुनाइन् । नवौं मिनेटमा रतनबाला देवी नोङमाइथेमले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलरक्षक रुपना चक्माले दोस्रो प्रयासमा बचाइन् ।
खेलको ११ औं मिनेटमा बंगलादेशले अग्रता लियो । सोप्नाले गोल गर्दै बंगलादेशलाई अघि बढाएकी थिइन् । उनले कृष्णारानी सरकारको प्रहारलाई दुई डिफेन्सको चुनौती पार गर्दै पेनाल्टी क्षेत्र भित्रबाट फिनिस गरिन् ।

खेलको २३ औं मिनेटमा बंगलादेशले अग्रता दोब्बर पार्यो । कृष्णारानीले पेनाल्टी क्षेत्रभित्र दुई डिफेन्डरको बीचमा बल अघि बढाउँदै गोलरक्षक अदिति चौहानविरुद्ध उत्कृष्ट फिनिस गरिन् । सोप्नाको पासलाई दबाबका बीच नियन्त्रणमा लिँदै कृष्णारानीले सुन्दर गोल गरिन् ।
दोस्रो हाफको सुरुवातमा नै बंगलादेशले अग्रता दोब्बर पार्यो । कप्तान सविना खातुनको उत्कृष्ट पासलाई सोप्नाले पेनाल्टी क्षेत्र भित्रबाट फिनिस गरिन् । सविनाले दुई डिफेन्सको बीचबाट सुन्दर थ्रु पास खेलाएकी थिइन् । ६७ औं मिनेटमा सौम्य गुगुलोथले भारतलाई खेलमा फर्काउने अवसर पाइन् । तर गोलरक्षक बिट भएको अवस्थामा पनि उनले डिफेन्सको दबाब थेग्न नसक्दा बललाई पोस्टको दिशा दिन सकिनन् ।
प्रतियोगिताको सेमिफाइनल खेल भदौ ३१ गते शुक्रबार हुनेछ । दिउँसो १ बजे हुने पहिलो सेमिफाइनलमा बंगलादेश र भुटान खेल्नेछन् । नेपालले साँझ ५:३० बजे हुने दोस्रो सेमिफाइनलमा भारतको सामना गर्नेछ ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]