3 years ago
September 15, 2022
काठमाडौं (हाम्रो खेलकुद) – साफ यू–१७ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली युवा टोली बिहीबार स्वदेश फर्किएको छ । नेपाली युवा टोली बिहीबार दिउँसो नेपाल आइपुगेको हो ।

नेपाली युवा टोलीलाई एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, महासचिव किरण राईलगायत एन्फा पदाधिकारीले स्वागत गरे । श्रीलंकाको कोलोम्वोमा बुधबार राति भएको फाइनलमा भारतसँग ४–० ले पराजित हुँदै उपविजेता बनेको थियो ।
२–० ले पछि परेको स्थितिपछि नेपाल १० खेलाडीमा समेटिन पुग्दा नेपालको खेलमा फर्कने सम्भावना टाढिएको थियो । भारतले लगातार दोस्रोपटक उपाधि जितेको हो । योसँगै भारतले समूह चरणमा भोगेको हारको बदला फाइनलमा लिन सफल भयो । समूह चरणमा नेपालले भारतलाई ३–१ ले पराजित गरेपनि फाइनलमा त्यही नतिजालाई दोहो¥याउन नसक्दा उपविजेतामा सीमित बन्न पुग्यो ।
नेपाली टोलीका प्रशिक्षक उर्जन श्रेष्ठले छोटो समयमा टिम बनाएर गएर खेलेको र फाइनलमा अनुभवको कमी र छिट्टै गोल खाना पुग्दा गाह्रो भएको बताए ।
‘राम्रो फुटबल खेलेर फर्किएको जस्तो लाग्छ । सानो गल्तीबाट गोल खाएका छौं । जुनियर खेलाडीहरुले केही कुराहरु सिक्दैछ । यो एएफसी एसियन कप छनोटको लागि पाठ हुनेछ ।’ प्रशिक्षक श्रेष्ठले भने, ‘गोल फर्काउन सक्छौं भनेर खेलेका थियौं । भारत दुई वर्षलदेखि लगातार खेलिरहेको । हामी एक महिनाको टिम बनाएर खेल्न पुगेको थियो । तर, हाम्रो स्तर त्यति कमजोर थिएन । एक महिनाको अवधिमा यतिको खेल्नु भनेको नेपाली फुटबलमा जुनियर खेलाडीले केही गर्छ भन्ने आशा पलाएको छ ।’
युवा टोलीका कप्तान प्रशान्त लक्षमले छोटो समयमा यति राम्रो नतिजा ल्याउनु भनेको राम्रो रहेको प्रतिक्रिया दिए । ‘ट्रफी दिलाउन सकेनौं । नराम्रो त लागिहाल्छ । तर धेरै कुरा सिकेर आएका छौं । मिहेनत गर्नेले नै जित्ने हो । फाइनलमा हाम्रो अलि मिहनेत पुगेन । राम्रो गर्दा गर्दै पनि राम्रो नतिजा दिन सकेनौं ।’ कप्तान प्रशान्तले भने ।
नेपाली यू १७ टोली
गोलकिपर – कृशल मोक्तान, समिर चन्द र रुबिन बोगटी
डिफेन्डर – अश्विन घोरासैनी, सिमन्त थापा, युनेश बुढाथोकी, मदन पौडेल, दिपक थापा मगर, निशान्त तामाङ, युनिश मगर, विक्रम तामाङ, प्रितम कार्की र धिरज विश्वकर्मा
मिडफिल्डर – प्रशान्त लक्षम, मिराक लिङ्देन, सरोज दर्लामी, हरिशराज भट्ट र लच्छु थापा
फरवार्ड – निरज कार्की, धनसिंह विक, विनोद केसी, सिजल राई र सुवास बम
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]