default_image

3 years ago

September 16, 2022

बंगलादेश दोस्रो पटक साफ च्याम्पियनसिपको फाइनलमा

308 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेश राष्ट्रिय महिला फुटबल टोली दोस्रो पटक महिला साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको छैटौं संस्करणको पहिलो सेमिफाइनलमा भुटानलाई ८-० को फराकिलो अन्तरले पराजित गर्दै उपाधि भिडन्तमा स्थान पक्का गरेको हो ।

एकपक्षीय खेलमा बंगलादेशले दुवै हाफमा ४ गोल गरेको थियो । खेलको अधिकांश समय बंगलादेशले बल पोसेसनमा पकड राख्दै आक्रमणमा व्यस्त रहेको थियो । कप्तान सविना खातुनले ह्याट्रिक गर्दै प्रतियोगितामा गोलसंख्या ८ पुर्याइन् । यससँगै बंगलादेश सन् २०१६ पछि पहिलो पटक फाइनलमा पुगेको छ । जारी प्रतियोगितामा बंगलादेशले कुनै गोल खाएको छैन ।

दशरथ रंगशालामा जारी खेलको दोस्रो मिनेटमै बंगलादेशले अग्रता लियो । मोसमत जाहान सोपनाले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाइन् । मिडफिल्डमा भुटानले बल फुस्काएपछि मोनिका चक्माले पहिलो टचमै छरितो पास दिँदै सोप्नालाई अघि बढाइन् । सोप्नाले अफसाइड ट्रयाप बिट गर्दै गोलरक्षकलाई छक्याउँदै खाली पोस्टमा गोल गरिन् ।

खेलको १६ औं मिनेटमा सोप्ना चोट बोक्दै बाहिरिइन् । त्यसका बाबजुद दुई मिनेटपछि नै बंगलादेशले अग्रता दोब्बर पर्यो । मारिया मान्दाले मिडफिल्डमा बल खोसेर एक डिफेन्स पार गर्दै उत्कृष्ट पास खेलाइन् । कप्तान सविनाले अफसाइड ट्रयाप बिट गर्दै उनको पास नियन्त्रणमा लिइन् । त्यसपछि अघि बढेकी गोलरक्षकलाई बिट गर्दै सविनाले कठिन एंगलबाट फिनिस गरिन् ।

३० औं मिनेटमा बंगलादेशले श्रीमती कृष्णारानी सरकारको गोलमा ३-० को अग्रता लियो । बेन्चबाट सोप्नाको स्थानमा आएकी ऋतु पोर्ना चक्माको क्रसमा कृष्णारानीले हेडरमार्फत गोल गरिन् । ३५ औं मिनेटमा ऋतुले अर्को गोल थपिन् । उनको पहिलो प्रहार गोलरक्षक संगीता मोंगरले बचाएपनि रिबाउन्ड उनको खुट्टामा पुग्दा ऋतुले दोस्रो प्रहारमा गोल गरिन् ।

दोस्रो हाफको ५४ औं मिनेटमा सविनाले व्यक्तिगत दोस्रो गोल गरिन् । सन्जिदाको लो क्रसलाई सविनाले नियन्त्रणमा लिँदै गोलरक्षक संगीतालाई सहजै बिट गरिन् । त्यसको दुई मिनेटपछि नै बंगलादेशले अर्को गोल थप्यो । सविनाले झन्डै २५ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिक संगीताले फुस्काएपछि मसुराले दोस्रो प्रयासमा बललाई पोस्टभित्र छिराइन् ।

५८ औं मिनेटमा सन्जिदाको प्रहार क्रसबारमा लाग्दा बंगलादेश अर्को गोलबाट बन्चित भयो । ८६ औं मिनेटमा तोहुरा खातुनले बंगलादेशलाई ७-० ले अघि बढाइन् । इन्ज्युरी समयमा सविनाले ह्याट्रिक पूरा गर्दै ८-० को जित पक्का गरिन् ।

आज हुने दोस्रो सेमिफाइनलमा साविक विजेता भारत र नेपाल भिड्नेछन् । खेल रंगशालामा साँझ ५:३० बजे सुरु हुनेछ ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.