3 years ago
September 16, 2022
काठमाडौं (हाम्रो खेलकुद)– महिला साफ च्याम्पियनसिपमा भारतविरुद्धको सेमिफाइनलको लागि नेपालको सुरुवाती ११ घोषणा भएको छ । डेंगी संक्रमण भएका कारण सावित्रा भण्डारी ‘साम्बा’ पहिलो रोजाईमा पर्न सकिनन् ।

मुख्य प्रशिक्षक कुमार थापाले प्रिति राईलाई पहिलो रोजाईमा राखेका छन् । उनले बेन्चबाट मैदान प्रवेश गर्ने सम्भावना भने छ । श्रीलंकाविरुद्ध समूह चरणको अन्तिम खेलमा रहेको टोलीमा थापाले एक खेलाडी परिवर्तन गरेका छन् । रेखा पौडेललाई बेन्चमा राख्दा प्रितिले मौका पाएकी हुन् । नेपाल र भारतबीच दोस्रो सेमिफाइनल खेल साँझ ५:३० बजे दशरथ रंगशालामा सुरु हुनेछ ।
नेपालको सुरुवाती ११ :
एन्जिला तुम्बापो सुब्बा, हिरा भुजेल, गीता राना, पुनम जर्घा मगर, अमृता जैशी, अनिता केसी, सरु लिम्बु, दीपा शाही, अनिता बस्नेत, प्रिती राई, रश्मीकुमारी घिसिङ
पहिलो सेमिफाइनलमा भुटानलाई ८–० ले हराउँदै बंगलादेश फाइनल प्रवेश गरेको थियो । बंगलादेश साफ च्याम्पियनसिपको फाइनलमा पुगेको यो दोस्रो पटक हो । नेपालले अहिले सम्म साफ च्याम्प्यिनसिपमा भारतलाई हराउन सकेको छैन । यसअघिका ४ संस्करणमा फाइनल र अर्को संस्करणको सेमिफाइनलमा पराजित भएको थियो ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]