default_image

3 years ago

September 18, 2022

साफ च्याम्पियनसिपको फाइलनमा टिकट दर यथावत

218 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– महिला साफ च्याम्पियनसिपको समूह चरण र सेमिफाइनलकै टिकट दर फाइनलका लागि यथावत राखिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल र बंगलादेशबीच सोमबार हुने फाइनलका लागि सोही दर भिआइपीतर्फ ५ सय र साधारण प्यारापिटतर्फ ३ सय रुपैयाँ टिकट दर यथावत राखेको हो । फाइनलमा टिकट मुल्य बढाउने छलफल भएपनि यथावत राख्नेमा सहमति जुटेको बताइएको छ ।यसअघिका कतिपय प्रतियोगिताको फाइनलमा टिकट दर बढाइएको थियो ।

साफ च्याम्पियनसिपमा नेपाल र बंगलादेशबीच पहिलो पटक फाइनल खेल हुँदैछ । प्रतियोगिताको १२ वर्ष लामो इतिहासमा पहिलो पटक भारत विनाको फाइनल हुँदैछ । भारतसँग अघिल्ला ५ संस्करणका फाइनलमा ४ पटक नेपाल र एक पटक बंगलादेशले प्रतिस्पर्धा गरेको थियो । पाँचै पटक भारत च्याम्पियन बनेको थियो । यसपटक नेपाल र बंगलादेशमध्ये जुन टोली विजयी भएपनि नयाँ च्याम्पियन हुनेछ ।

दशरथ रंगशालामा जारी च्याम्पियनसिपमा नेपाल र बंगलादेश दुई टोली अपराजित छन् । यी दुई टोलीले उच्च प्रदर्शन गरिरहेका छन् । नेपाल र बंगलादेश दुवै टोली पहिलो पटक भारतलाई हराउन सफल भएका छन् । समूह चरणमा बंगलादेशले भारतलाई ३–० ले हराएको थियो । नेपालले भारतलाई सेमिफाइनलमा १–० ले निराश पारेको थियो ।

समूह चरणमा नेपालले भुटानलाई ४–० र श्रीलंकालाई ६–० ले हराएको थियो । अर्कोतर्फ भारतलाई हराउनुअघि समूह चरणमा माल्दिभ्सलाई ३–० र पाकिस्तानलाई ६–० ले हराएको थियो । सेमिफाइनलमा बंगलादेशले भुटानको चुनौतीलाई ८–० ले हराएको थियो । सन् २०१० मा सुरु भएको च्याम्पियनसिपको चौथो संस्करणमा बंगलादेशले भारतसँग फाइनल खेलेको थियो । बाँकी सबै संस्करणमा नेपाललाई हराउँदै भारतले हराउँदै च्याम्पियन बनेको थियो ।

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.