default_image

3 years ago

September 18, 2022

‘घरेलु समर्थकको अगाडि जितेको अनुभव छ’ – बंगलादेश प्रशिक्षक छोटोन

204 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेश महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक गोलाम रोब्बानी छोटोनले साफ च्याम्पियनसिपको फाइनलअघि घरेलु समर्थकको अघि खेलेको अनुभव रहेको बताएका छन् ।

दशरथ रंगशालामा सोमबार साँझ ५ बजे हुने फाइनलमा हजारौं समर्थक उपस्थित हुने अपेक्षा रहेको छ । सेमिफाइनलमा भारतविरुद्ध झन्डै साढे ७ हजारको उपस्थिति रहेको थियो । प्रशिक्षक छोटोनले फाइनलमा घरेलु समर्थकमाझ खेल्ने अनुभव आफ्नो टोलीलाई भएको बताए ।

‘हामीलाई घरेलु समर्थकअघि खेल्ने अनुभव छ । कहिलेकाहिँ समस्या दिन्छ तर हामी तयार छौं । नेपालमै सन् २०१५ मा घरेलु समर्थकको अगाडि उपाधि जितेका हौं । त्यसपछि यू-१८ मा भुटानमा पनि घरेलु समर्थकको अगाडी जित्यौं । म्यानमारमा यू-१९ खेल्दा पनि ठूलो संख्यामा समर्थकले हल्ला गरेका थिए, त्यहाँ पनि जितेका थियौं । यो अनुभवले हामीलाई भोली सहज हुनेछ,’ उनले भने ।

उमेर समूहमा बंगलादेशले नेपालमाथि लगातार जित दर्ता गर्दै आएको छ । तर सिनियर टोलीमा भने नेपाल अपराजित छ । प्रशिक्षक छोटोन पछिल्ला वर्षमा बंगलादेशको टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा अनुभव बोकेका कारण नतिजा आफ्नो पक्षमा पार्न सक्षम रहेको बताउँछन् ।

प्रशिक्षक छोटोनले फाइनलअघि यसो भनिन् :

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.