3 years ago
September 18, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू-२० च्याम्पियनसिप छनोट अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले बंगलादेशको सामना गर्दैछ । खेलको पहिलो हाफमै नेपाल २-० ले पछि परेको छ । नेपालका कप्तान आयुष घलानसहित दुई खेलाडीले रातो कार्ड पाएका छन् ।

खेलको छैटौं मिनेटमा नै बंगलादेशले अग्रता लिएको थियो । मोजिबोर जोनीले नेपालको कमजोर डिफेन्स लाइनको फाइदा उठाउँदै गोल गरे । दशौं मिनेटमा बंगलादेशले अग्रता दोब्बर पार्यो । फ्रिकिकमा आएको बललाई नेपाली डिफेन्सले क्लियर गर्न नसक्दा मोहमद पियास नोभाले गोल गरे ।
खेलको २६ औं मिनेटमा नेपाल १० खेलाडीमा समेटियो । नेपालले फ्रिकिक लिने क्रममा डिफेन्डर अजय चौधरीले बंगलादेशका खेलाडीमाथि कुइनोले प्रहार गरेको भन्दै रेफ्री अहमद इसा दार्विसले रातो कार्ड देखाए । ३५ औं मिनेटमा नेपालका कप्तान आयुष घलान पनि रातो कार्ड खाँदै बाहिरीए ।
खेलको २० औं मिनेटमा सन्दीप कार्कीको स्थानमा मैदान प्रवेश गरेका आयुष विपक्षी खेलाडीलाई माझी औंला देखाएपछि रातो कार्ड खाँदै बाहिरिएका थिए । आयुषले हात मिलाउने क्रममा बंगलादेशका अजिजुल हक अनन्तोले जिस्काएपछि जवाफ फर्काउने क्रममा आयुषले माझी औंला देखाएका थिए । त्यसो त केहि सेकेन्ड अघि मात्र पहेंलो कार्ड पाएका अनन्तो पनि उक्त हर्कतपछि दोस्रो पहेंलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए ।
पहिलो हाफको समाप्तिमा नेपाल २-० ले पछि छ । दुई खेलाडी परिवर्तन गरिसकेको नेपाल ९ खेलाडीमा सिमित छ । बंगलादेश पनि १० खेलाडीमा खेलिरहेको छ ।
नेपाल एएफसी यू-२० छनोटको यसअघिका तीनै खेलमा पराजित हुँदै बाहिरिसकेको छ । नेपाल एकमात्र अंकविहिन टोली हो । कतारको ३ खेलमा ९ अंक, बहराइनको ३ खेलमा ७ अंक तथा बंगलादेशको ३ खेलमा ४ अंक छ । भुटानले ४ खेलमा ३ अंक जोडेको छ । भुटानले नेपाललाई २-० ले हराएको थियो ।
यसअघि साफ यू-२० च्याम्पियनसिपमा पनि नेपाल र बंगलादेशबीच भएको खेलमा झगडा हुँदा रेफ्रीले पहिलो हाफमै तीन रातो कार्ड देखाएका थिए ।
साफको यो घटना पनि : खेलमा झगडा हुँदा रेफ्रीले देखाए तीन रातो कार्ड
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]