default_image

3 years ago

September 19, 2022

साफ च्याम्पियनसिपमा नेपाललाई इतिहास रच्ने मौका

334 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली फुटबल अर्को ऐतिहासिक उपलब्धीको एक कदम टाढा छ । दशरथ रंगशालामा बंगलादेशविरुद्ध हुने महिला साफ च्याम्पियनसिपको उपाधि जित्न सके नेपाल पहिलो पटक दक्षिण एसियाको प्रतिष्ठित प्रतियोगिताको च्याम्पियन बन्नेछ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आयोजना गर्ने साफ च्याम्पियनसिपमा अहिले सम्म नेपाली पुरुष वा महिला दुवै टोली च्याम्पियन बन्न सकेको छैन । पटक पटक फाइनल खेलेको नेपाली महिला टोली उपाधिबाट विमुख हुँदै आएको छ ।

पुरुष टोलीको अवस्थामा भने फरक छ । साफ च्याम्पियनसिपको इतिहासमा नेपालको पुरुष टोली गत वर्ष पहिलो पटक फाइनल पुगेको थियो । महिला र पुरुष साफ च्याम्प्यिनसिप आयोजनामा १७ वर्षको अन्तर छ । सार्क गोल्ड कपको नाममा सन् १९९३ पहिलो पटक आयोजना भएको साफ च्याम्प्यिनसिपले १३ औं संस्करण पूरा गरिसकेको छ ।

भारत सर्वाधिक ८ पटक च्याम्पियन हुँदा माल्दिभ्सले २, बंगलादेश, श्रीलंका र अफगानिस्तानले समान १ पटक जितेका छन् । गत वर्ष पहिलो पटक फाइनल खेल्नु नै नेपालको अहिले सम्मको सफल नतिजा हो ।

महिलातर्फको कथा भने फरक छ । सन् २०१० मा सुरु भएको च्याम्पियनसिपको छैटौं संस्करणको सोमबार फाइनल हुँदैछ । यसअघिका सबै संस्करण भारतले जितेको थियो । पहिलो पटक भारत विना फाइनल हुँदैछ । नेपाल र बंगलादेश जो जित्दा पनि साफ च्याम्पियनसिपमा नयाँ च्याम्पियन टोलीको इतिहास बन्नेछ ।

भारतपछिको सफल टोली नेपाल हो । जसले चौथोबाहेक सबै संस्करणको फाइनल खेलको छ । नेपाल सेमिफाइनलबाट बाहिरिएको २०१६ को संस्करणमा एकपटक बंगलादेशले भारतविरुद्ध फाइनल खेलेको थियो ।

भारतपछि फाइनलका लागि अनुभवी टोली नेपाल नै हो । तर, जसरी यो च्याम्पियनसिपमा बंगलादेशले प्रदर्शन गरिएको छ त्यसमा सचेत भने हुनैपर्ने हुन्छ । पछिल्लो झण्डै सात वर्षदेखि बंगलादेशको महिला टोलीले फुटबलमा एकपछि अर्को खुड्किलो चढ्दै आएको त्यो साच्चै लोभलाग्दो छ । यसपटक समूह चरणमा भारतमाथि जसरी बंगलादेशले लोभलाग्दो प्रदर्शन गर्यो त्यो लामो समय धेरैको स्मरणमा रहनेछ ।

फाइनल अघि यसपटक नेपाल र बंगलादेशको मुख्य परिक्षण नै भारतसँग थियो । दुवै टोलीले भारतमाथि पहिलो पटक जित निकाल्दै इतिहास रचिसकेका छन् । यसअघि कुनै पनि संस्करणमा भारत कुनै टोलीसँग पराजित भएको थिएन । भारतलाई नेपालले सेमिफाइनलमा १–० ले र बंगलादेशले त्यसअघि समूह चरणमा ३–० ले हराएको थियो । भारतमाथिको जितसँगै फाइनल पुगेको दुवै टोली इतिहास रच्न आतुर छन् ।

साफ च्याम्पियनसिपमा मात्र इतिहास हेर्ने हो भने बंगलादेशमाथि नेपाल सधै हावी हुँदै आएको छ । यसअघि समूह चरणमा दुई पटक र सेमिफाइनलमा एक पटक भेट हुँदै सबैमा नेपाललाई नै सफलता मिलेको थियो । सबैखाले प्रतिस्पर्धामा ८ पटक एकअर्काविरुद्ध खेल्दा नेपालले ६ पटक जितेको छ भने दुई खेल बराबरीमा टुंगिएको थियो । गत वर्ष दशरथ रंगशालामै खेलिएका दुई मैत्रीपूर्ण खेलमा पहिलो खेलमा नेपाल २–१ ले विजयी भएको थियो भने दोस्रो खेल गोलरहित बराबरीमा टुंगिएको थिए ।

त्यसयता सोमबार पहिलो पटक नेपाल र बंगलादेशले एकअर्काको सामना गर्दा जसले सफलता प्राप्त गर्नेछ त्यसले साफ च्याम्पियनसिपमा नयाँ इतिहास रच्नेछ ।

साफ च्याम्पियनसिपमा नेपाल र बंगलादेशबीचको नतिजा

वर्ष नेपाल बंगलादेश खेल
२०१०, ३ -० सेमिफाइनल
२०१४, १ -० सेमिफाइनल
२०१९ ३ -० समूह चरण

साफ च्याम्पियनसिपको विजेता र उपविजेता

वर्ष विजेता उप विजेता गोल
२०१०, भारत नेपाल १–०
२०१२, भारत नेपाल ३–१
२०१४, भारत नेपाल ६–०
२०१६, भारत बंगलादेश ३–१
२०१९, भारत नेपाल ३–०
२०२२, ? ? ?

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.