default_image

2 years ago

September 21, 2022

सुदूरपश्चिम राजधानी कपको ट्रफी र खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – धनगढीमा हुने सुदूरपश्चिम राजधानी कप २०७९ को ट्रफी र खेल तालिका सार्वजनिक भएको छ । असोज ८ गतेदेखि १५ गतेसम्म धनगढी रंगशालामाहुने फुटबल प्रतियोगिताको ट्रफी र खेल तालिका सार्वजनिक गरिएको हो । पिएफए स्पोटर्स क्लबको आयोजनामा हुने प्रतियोगितामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागीता जनाउने ७ वटा प्रदेशका टोली र एक घरेलु […]

211 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – धनगढीमा हुने सुदूरपश्चिम राजधानी कप २०७९ को ट्रफी र खेल तालिका सार्वजनिक भएको छ ।

असोज ८ गतेदेखि १५ गतेसम्म धनगढी रंगशालामाहुने फुटबल प्रतियोगिताको ट्रफी र खेल तालिका सार्वजनिक गरिएको हो । पिएफए स्पोटर्स क्लबको आयोजनामा हुने प्रतियोगितामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागीता जनाउने ७ वटा प्रदेशका टोली र एक घरेलु टोली गरी ८ टोलीको सहभागीता रहेको प्रतियोगिता संयोजक दिनेश श्रेष्ठले जानकारी दिए ।

८ गते हुने प्रतियोगिताको उद्घाटन खेलमा सुदुरपश्चिम प्रदेश रातो र कर्णाली प्रदेश प्रतिस्पर्धा गर्नेछन् । सुदुरपश्चिम प्रदेश रातो, कर्णाली प्रदेश, बागमती प्रदेश र प्रदेश नम्बर १ समुह ए मा रहेका छन् । समुह बी मा मधेश प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम निलो रहेका छन् ।

प्रतियोगिताको विजेताले नगद ५ लाख उप विजेताले नगद ३ लाख प्राप्त गर्नेछन् । विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुले जनही १० हजार नगद पाउँदा उत्कृष्ट खेलाडीले नगद २० हजार प्राप्त गर्नेछ ।

प्रतियोगिताको मुख्य प्रवर्धकमा सुदूरपश्चिम खेलकुद परिषद् रहेको छ । यस्तै सह–प्रायोजकमा नेपाल टेलिकम र राष्ट्रिय खेलकुद परिषद् नेपाल रहको छ । हाम्रो गौरव सुदूरपश्चिम राजधानी कप मुख्य नारा लिएर प्रतियोगिताको सुरुवात गरेको आयोजकले जनाएको छ । यो प्रतियोगिताको चौथो संस्करण हो ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.