default_image

3 years ago

September 22, 2022

नवयुगलाई बाहिर राख्दै ४ गोलरक्षकसहित राष्ट्रिय टोली घोषणा

395 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले अर्को साता बंगलादेशविरुद्ध हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको लागि अन्तिम टोली घोषणा गरेको छ । नेपाल र बंगलादेशबीच खेल दशरथ रंगशालामा असोज ११ गते हुँदैछ ।

प्रशिक्षक प्रदीप हुमागाईले दुई नयाँ खेलाडी समेट्दै राष्ट्रिय टोली घोषणा गरेका हुन् । युवा फरवार्डद्वय ऋतिक खड्का र आशिष चौधरी टिममा पर्दा अनुभवी नवयुग श्रेष्ठ भने टोलीमै परेनन् । प्रशिक्षक हुमागाईले घोषणा गर्ने क्रममा नवयुग अन्य खेलाडीझैं टोलीमा पर्न योग्य रहेको तर यसपटक पर्न नसकेको जानकारी दिए ।

मैत्रीपूर्ण खेलका लागि घोषित टोलीमा प्रशिक्षक हुमागाईले आश्चर्यजनक निर्णय गर्दै ४ गोलरक्षक समेटेका छन् । उनले चोटको समस्या रहेको बताउँदै ४ गोलरक्षक टोलीमा राखेको बताए । टोलीबाट नवयुगसँगै सुनिल बल, आवास लामिछाने, संजोक राई, अभिषेक रिजाल, भरत खवास र आयुष घलान अन्तिम टोलीमा परेनन् ।

टोलीमा युगलकिशोर राई सहायक प्रशिक्षक तथा विनोद डंगोल गोलरक्षक प्रशिक्षक छन् । व्यवस्थापकमा अनिल श्रेष्ठ र फिजियो आविष्कार पुडासैनी रहेका छन् ।

२३ सदस्यीय टोली :

गोलरक्षक: किरण चेम्जोङ, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु

डिफेण्डर: रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, विकास खवास, दीनेश राजवंशी, सुमन अर्याल, रन्जित धिमाल

मिडफिल्डर: सुदिप गुरुङ, तेज तामाङ, सेसेहाङ आङदम्बे, विशाल राई, सुजल श्रेष्ठ, सुरज ज्यु ठकुरी, एरिक विष्ट

फरवार्ड: विमल घर्ती मगर, अन्जन विष्ट, ऋतिक खड्का, मनिष डाँगी र आशिष चौधरी

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.