default_image

2 years ago

September 23, 2022

डेनमार्कलाई हराएर क्रोएसिया शीर्षस्थानमा

एजेन्सी – डेनमार्कमाथि जित निकाल्दै क्रोएसिया युइएफए नेसन्स लिग ए ग्रुप १ मा शीर्षस्थानमा उक्लिएको छ ।क्रोएसियाले डेनमार्कलाई २–१ ले हराएर शीर्षस्थानमा उक्लन सफल भएको हो । घरेलु टोलीको जितमा बोरना सोसा र लोभरको माजेरले गोल गरे । डेनमार्कका क्रिस्टियन एरिक्सनले एक गोल फर्काए ।माकसिमिर रंगशाला जाग्रिवमा बिहीबार राति भएको खेलको ४९औं मिनेटमा बोरना सोसाले […]

122 views

0 Bookmark

एजेन्सी – डेनमार्कमाथि जित निकाल्दै क्रोएसिया युइएफए नेसन्स लिग ए ग्रुप १ मा शीर्षस्थानमा उक्लिएको छ ।क्रोएसियाले डेनमार्कलाई २–१ ले हराएर शीर्षस्थानमा उक्लन सफल भएको हो ।

घरेलु टोलीको जितमा बोरना सोसा र लोभरको माजेरले गोल गरे । डेनमार्कका क्रिस्टियन एरिक्सनले एक गोल फर्काए ।माकसिमिर रंगशाला जाग्रिवमा बिहीबार राति भएको खेलको ४९औं मिनेटमा बोरना सोसाले गोल गर्दै क्रोएसियालाई सुरुवाती अग्रता दिलाए ।

७७औं मिनेटमा क्रिस्टियन एरिक्सनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसको दुई मिनेटपछि लोभरको माजेरले गोल गर्दै क्रोएसियालाई २–१ को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा क्रोएसिया विजयी हुन सफल भयो ।

यस जितसँगै क्रोएसिया ५ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । पराजित डेनमार्क ९ अंक जोडेर दोस्रो स्थानमा झरेको छ ।

यही समूहको अर्काे खेलमा फ्रान्सले अष्ट्रियालाई २–० ले पराजित गर्दै पहिलो जित निकालेको छ । फ्रान्सको जितमा केलियन एमबाप्पे र ओलिभर जिरुडले गोल गरे ।

यस जितसँगै फ्रान्स ५ खेलबाट ५ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित अष्ट्रिया ४ अंक जोडेर पुछारमा छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.