3 years ago
September 30, 2022
एजेन्सी – आगामी नोभेम्वर र डिसेम्वरमा कतारमा हुने फिफा विश्वकप कतार २०२२ को मिति नजिकिंदै छ । टोलीहरुले अन्तिम तयारी थालिसकेका छन् । तर, केही राष्ट्रले कतारमा गएर विश्वकप खेल्नुको सट्टा हेरेर चित्त बुझाउनुपर्ने बाध्यता बनेको छ ।

विश्वकप अहिलेसम्मकै सबैभन्दा प्रतिष्ठित प्रतियोगिता हो । विश्वकप खेल्ने र जित्ने हरेक देशको सपना हुन्छ । यो एक फुटबलरले राष्ट्रको लागि दिन सक्ने सबैभन्दा ठुलो सम्मान हो । तर, केही चर्चित र स्टार खेलाडीले भरिएको केही राष्ट्र यसपटक विश्वकपमा छनोट हुन सकेका छैनन् ।
विश्वकपमा ३२ टोलीले मात्रै छनोट हुने गर्दछ । छनोटमा राम्रो गर्न नसकेपछि कतारमा दुई महिनापछि हुने फिफा विश्वकपमा केही राष्ट्र र तिनका खेलाडीले घरमै बसेर हेर्नुपर्ने बाध्यता छ ।
५ नाइजेरिया
नाइजेरिया अफ्रिकी फुटबल महासंघको सबैभन्दा बलियो टोली हो । अफ्रिकी राष्ट्र २००६ पछि पहिलो पटक मुख्य ड्रमा पुग्न असफल भएपछि २०२२ फिफा विश्वकपबाट अनुपस्थित हुनेछ । सुपर इगल्स भनेर चिनिने नाइजेरिया घानासँग प्लेअफमा पराजित भएको थियो ।

पहिलो लेग गोलरहित बराबरीमा सकिँदा दोस्रो लेग १–१ गोलको बराबरी हुँदा घाना अवे गोलमा विश्वकपमा छनोट हुन सफल भयो । नाइजेरिया फिफा वरीयतामा ३०औं स्थानमा छ र अफ्रिकाको तेस्रो उच्च स्थानमा रहेको देश हो । भिक्टर ओसिमहेन, अडेमोला लुकम्यान र केलेची इहेनाचो जस्ता खेलाडीहरू कतारमा हुने विश्वकपमा अनुपस्थित हुनेछन् ।
४. चिली
फिफा विश्वकप २०२२ खेल्नबाट वञ्चित हुने चिली अर्काे प्रमुख राष्ट्र हो । चिलीले लगातार दोस्रोपटक विश्वकप गुमाएको हो । उनीहरूको छनोट अभियान निकै निराशाजनक थियो । आफ्नो १८ खेलमध्ये पाँच खेल मात्र जितेर कोपा अमेरिका २०१६ को विजेता दक्षिण अमेरिकी छनोटमा शीर्ष पाँच बाहिर रह्यो । चिली छनोटमा सातौं स्थानमा रह्यो । एलेक्सिस सान्चेज, एलेक्स भिडाल र बेन ब्रेरेटन जस्ता खेलाडीहरूले घरमै बसेर विश्वकप हेर्नेछन् ।

३. कोलम्बिया
दक्षिण अमेरिकी राष्ट्र कोलम्बिया पनि विश्वकपमा छनोट हुन असफल भएको छ । कोलम्विया कन्वेवल क्वालिफायरमा छैटौं स्थानमा रह्यो । कोलम्विया छनोटमा पेरुसँग १ अंकले पछि रह्यो । २००१ कोपा अमेरिका विजेता कोलम्वियाले २३ तथा पेरुले २४ अंक जोड्यो ।
फिफा वरियतामा कोलम्बिया १७औं स्थानमा छ र दक्षिण अमेरिकाको चौथो उत्कृष्ट राष्ट्र हो । कोलम्विया २०१४ मा क्वार्टरफाइनल र २०१८ मा प्रि–क्वाटरफाइनलमा पुगेपनि यसपटक छनोट नै हुन सकेन । लुइस डियाज, जेम्स रोड्रिग्वेज र जुआन कुआड्राडो जस्ता खेलाडीहरू विश्वकपमा बाहिर रहनेछन् ।

२. स्वीडेन
स्वीडेन प्रमुख युरोपेली राष्ट्रहरू मध्ये एक हो जुन यस वर्षको अन्त्यमा भव्य प्रतियोगिताको हिस्सा हुनेछैन । युरोपेली छनोट समूहमा दोस्रो स्थानमा रहेर प्लेअफमा स्थान बनायो । स्वीडेनले अन्तिम खेलमा चेक गणतन्त्रलाई हराए, तर पोल्याण्डसँग २–० ले पराजित भएपछि फिफा विश्वकप २०२२ मा छनोट हुन असफल भयो ।

स्वीडेन विश्व वरीयतामा १९औं स्थान र युरोपको दोस्रो उच्च स्थानमा रहेको टोलीबाट ज्लाटन इब्राहिमोभिच, एलेक्सान्डर इसाक, भिक्टर लिन्डेलोफ, एमिल फोर्सबर्ग र डेजान कुलुसेभ्स्की विश्वकपमा नदेखिने प्रमुख नाम हुन्।
१. इटाली
सन् २०२२ को फिफा विश्वकपमा इटाली नखेल्ने सबैभन्दा ठूलो टोली हो । विश्वकपको चार पटकको विजेता र वर्तमान युरोपियन च्याम्पियन इटाली लगातार दोस्रोपटक विश्वकपमा छनाट हुन सकेनन् । युरोपेली छनोटमा दोस्रो स्थानमा रहँदै प्लेअफमा पुग्न सफल भयो । प्लेअफ सेमिफाइनलमा, इटाली उत्तरी म्यासेडोनियासँग भिड्यो तर इटालीले उत्तरी म्यासेडोनियासँगको खेलबाट नतिजा आफ्नो पक्षमा पार्न सकेन ।

२०१८ मा पनि छनोट हुन असफल इटालीको लागि यो ठूलो धक्का थियो । इटाली र पोर्चुगलबीचको सम्भावित प्लेअफ फाइनल टाई नतिजाको रूपमा हुन सकेन । कतारमा हुने विश्वकपमा सिरो इमोबिल, मार्को भेराट्टी, जोर्गिन्हो र अन्य धेरै विश्वस्तरीय इटालियन खेलाडीहरू अनुपस्थित छन् ।
यि राष्ट्र बाहेक नर्वे, इजिप्ट, पेरु र युक्रेनलगायतका राष्ट्र पनि विश्वकपमा छनोट हुन असफल भएका छन् ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]