3 years ago
October 14, 2022
पोखरा (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी फुटबल क्लबले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलमा विजयी सुरुवात गरेको छ ।

गोस्टेघाट फुटबल मैदानमा शुक्रबार भएको खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई ४–१ ले हराएको छ । समूह ‘सी’मा आर्मीको जितमा जर्जप्रिन्स कार्की, भरत खवास, दिनेश हेन्जन र नवयुग श्रेष्ठले गोल गरेका थिए । नेपाल पुलिस क्लब पछि समूह सीमा रहेको छ ।
फुटबलको पहिलो दिन एनआरएनए र बागमती प्रदेशले विजयी सुरुवात गरेको थियो । एनआरएनले प्रदेश १ लाई २–० र बागमती प्रदेशले मधेशलाई २–० ले हराएको थियो । तर फुटबलको उद्घाटन खेल भने विवादमा परेको थियो ।
प्रदेश १ ले आफ्नो खेलविरुद्ध खेल्ने ८ खेलाडी नियमानुसार एनआरएनए टोलीबाट खेल्न नमिल्ने भन्दै प्रोटेष्ट (दाबी विरोध) हालेको थियो । त्यसअघि खेल सुरु हुनुअघि नै प्रदेश १ ले खेल्न नमिल्ने बताएको थियो ।
तर, आयोजकले खेलपछि प्रोटेष्ट राख्न सकिने भनेपछि प्रदेश १ खेल्न राजी भएको थियो । प्राविधिक समितिका सचिव प्रचण्ड शर्माले एनआरएनए टोलीले उजुरी परेका खेलाडीको कागजपत्र पेश गरेको र त्यसको अध्ययन गर्न बाँकी रहेको बताएका छन् ।
‘हामीले प्रमाण मागररेका थियौं। उहाँहरुले बुझाउनु भएको छ,’ शर्माले भने, ‘हामी त्यसको अध्ययन पछि ८ खेलाडीका बारेमा निर्णय लिनेछौं । टिमका विरुद्धमा होइन ८ खेलाडीको बारेमा उजुरी परेकाले त्यहि विषयमा मात्र छानविन गर्नेछौं ।’
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]