9 years ago
December 24, 2016
काठमाडौं (हाम्रो खेलकुद)– महिला साफ च्याम्पिनसिप फुटबलमा च्याम्पियन बन्ने लक्ष्यका साथ नेपाली टोली शनिबार भारत भ्रमणमा निस्केको छ । भारतको सिलगुढीमा हुने साफ च्याम्पिनयसिपको चौथो संस्करणमा नेपालले सोमबार भुटानसँग खेल्नेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष नरेन्द्र श्रेष्ठलगायत पदाधिकारीले टोलीको विदाइ गरेका थिए । शुभकामना दिदै एन्फा अध्यक्ष श्रेष्ठले भने ‘तपाईहरुलाई सफलताको शुभकामना छ । हामी तपाईहरुलाई दबाब दिन चाहदैनौं । आफ्नो स्वभाविक खेल खेल्नुस् । टोलीमा केही नयाँ खेलाडी, नयाँ प्रशिक्षक, व्यवस्थापक हुनुहुन्छ । आशा गरौं यसपटक तपाईहरु नयाँ कीर्तिमान रच्न सफल हुनुहुनेछ ।’

यसपटक टोलीमा ७ नयाँ खेलाडी छन् । टोलीको प्रशिक्षकमा कुमार थापा र व्यवस्थापकमा शिवानी थापा छिन् । काठमाडौंबाट भद्रपुर हवाईमार्ग र त्यसपछि टोली स्थलमार्गबाट सिलगुढी पुग्नेछ । समूह चरणमा नेपालले भुटान,माल्दिभ्स र श्रीलंकाको सामना गर्नेछ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]