3 years ago
October 18, 2022
वालिङ (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लब महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ । वालिङ खेल मैदानमा मंगलबार भएको पुलिसले प्रदेश १ लाई ३–० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

पुलिसको जितमा रेखा कुमारी पौडेल, निर्मला विक र निर्मला उपाध्ययले गोल गरिन् । खेलको १३औं मिनेटमा रेखाले गोल गर्दै पुलिसलाई १–० को अग्रता दिलाइन् । १९औं मिनेटमा निर्मला विकले गोल गर्दै पुलिसको अग्रता दोब्बर पारिन् ।
त्यसपछि ८०औं मिनेटमा परिवर्तित खेलाडी निर्मला उपाध्ययले गोल गर्दै पुलिसको जित पक्का गरिन् । निर्मला ७१औं मिनेटमा सिर्जना खड्काको स्थानमा मैदान छिरेकी थिइन् ।
अब पुलिसले उपाधिका लागि बिहीबार आर्मी र एपिएफबीचको विजेतासँग खेल्नेछ । आजै आर्मी र पुलिसबीच प्रतिस्पर्धा हुँदैछ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]