default_image

3 years ago

October 21, 2022

मैदान छिर्न नमानेका रोनाल्डोलाई कारवाही हुने

235 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन हागले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई कारवाही हुने बताएका छन् ।

मंगलबार टोटेनहमविरुद्ध खेलमा वैकल्पिक खेलाडीका रुपमा मैदान छिर्न नमान्दै रोनाल्डोले मैदान छाडेका थिए । खेलको अन्तिम समयतिर युनाइटेड २-० को अग्रतामा रहँदा टेन हागले रोनाल्डोलाई मैदान प्रवेश गराउन चाहेका थिए । तर रोनाल्डोले टेन हागको आग्रह नकारे । त्यसपछि खेलको ८९ औं मिनेट चलिरहँदा रोनाल्डोले मैदान छाड्दै ड्रेसिङ रुमतर्फ लागेका थिए ।

युनाइटेडले बुधबार नै रोनाल्डो चेल्सीविरुद्ध हुने खेलका लागि टोलीमा नरहने बताइसकेको छ । प्रशिक्षक टेन हागले शुक्रबार पत्रकार सम्मेलनमार्फत रोनाल्डोलाई उनको व्यवहारका कारण कारवाही हुने बताएका हुन् ।

‘ रोनाल्डो र मेरोबीच कुराकानी भएको छ । मैले उनलाई प्रष्ट पारेको छु । यो पनि प्रष्ट छ की उनी टोलीको महत्त्वपूर्ण पाटो हुन्,’ टेन हागले भने ।

‘म यहाँको प्रशिक्षक हुँ । यहाँ कस्तो संस्कृति बसाल्ने मेरो जिम्मेवारीमा पर्छ । मैले यहाँको अवस्था नियन्त्रण गर्ने हो । हामी एक टोलीमा छौं ।’

‘रायो भालेकानोविरुद्ध जे भयो, त्यो मान्य थिएन । तर त्यसबेला रोनाल्डो मात्र थिएनन् । यो दोस्रो पटक हो र त्यसको कारवाही हुन्छ । अहिले भएको यहि हो ।’

‘हामीले भोली उनको अभाव महसुस गर्नेछौं । तर टोलीको मानसिकताका लागि पनि यो जरुरि थियो । हाम्रो ध्यान चेल्सीविरुद्ध खेलमा छ र यो महत्त्वपूर्ण पाटो हो ।’

रोनाल्डोले यस सिजन युनाइटेडका लागि सुरुवाती रोजाइमा खासै अवसर पाएका छैनन् । प्रशिक्षक टेन हागसँग राम्रो सम्बन्ध रहन नसक्दा रोनाल्डोले राम्रो प्रदर्शन गर्न नसकेको आँकलन रहेको छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.