default_image

3 years ago

October 22, 2022

मेस्सी र एमबाप्पे चम्कदा पिएसजीको जित

332 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सी र फ्रान्सेली फरवार्ड केलियन एमबाप्पे चम्कदा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सहज जित हात पारेको छ ।

शीर्षस्थानमा रहेको पिएसजीले रेलिगेसन जोनमा संघर्ष गरिरहेको एसी एजासियोलाई उसकै मैदानमा ३–० ले पराजित गरेको हो । पिएसजीको जितमा एमबाप्पेले दुई तथा मेस्सीले एक गोल गरे । मेस्सीले दुई असिस्ट दिदा एमबाप्पेले एक असिस्ट प्रदान गरे ।

एजासियोमा शुक्रबार राति भएको खेलको २४औं मिनेटमा एमबाप्पेको गोलबाट पिएसजीले सुरुवाती अग्रता लिएको थियो । उनले मेस्सीको पासलाई सदुपयोग गरेका थिए ।

दोस्रो गोलको लागि भने पिएसजीले खेलको अन्तिम समय नै कुर्नप¥यो । ७९औं मिनेटमा मेस्सीले एमबाप्पेको पासमा गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । त्यसको तीन मिनेटपछि एमबाप्पेले मेस्सीको पासमा व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गर्दै पिएसजीलाई ३–० को सहज जित दिलाए ।

यस जितसँगै अपराजित रहँदै शीर्षस्थानमा रहेको पिएसजीको १२ खेलबाट ३२ अंक पुगेको छ । पिएसजीले १० जित र २ बराबरीको नतिजा निकालेको छ ।

पिएसजीले दोस्रो स्थानमा रहेको लोरिएन्टलाई ६ अंकले पछि पारेको छ । लोरिएन्टले एक खेल कम खेलेको छ । पराजित एजासियो ८ अंक जोडेर १८औं स्थानमा छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.