3 years ago
October 22, 2022
एजेन्सी – बेल्जियन मिडफिल्डर राड्जा नाइनगोलान बेल्जियन लिग अन्तर्गत खेलअघि बेन्चमै भेप (इ-सिगरेट) तानेपछि निलम्बनमा परेका छन् । उनको क्लब रोयल एन्टवर्पले उक्त घटनापछि मिडफिल्डरलाई अनिश्चित समयका लागि निलम्बन गरेको बताएको छ ।

स्टान्डर्ड लिएजविरुद्ध खेलमा नाइनगोलानले बेन्चमा बस्दै भेप तानेको तस्वीर सार्वजनिक भएको थियो । त्यसको दुई दिन अघिमात्र प्रहरीले उनलाई म्याद सकिएको लाइसेन्स लिएर गाडी चलाएको भन्दै नियन्त्रणमा लिएको थियो । लिएजविरुद्ध दोस्रो हाफमा मात्र मैदान प्रवेश गरेका उनले टोलीलाई जित दिलाउन सकेनन् ।
एन्टवर्पले अनुशासन तोडेको पछिल्लो घटनापछि उनलाई निलम्बन गरिएको बताएको छ । क्लबले हाललाई यस घटनाबारे थप केहि नबोल्ने र अन्य खेलको तयारीमा जुट्ने उल्लेख गरेको छ । खेलाडी नाइनगोलानले पनि क्लबको निर्णय स्वीकार गरेको बताएका छन् ।
‘क्लबले लिएर्को निर्णय मैले स्वीकार गरेको छु । तर मलाई लाग्छ यो कारवाही अलि बढी भयो । म अब क्लबलाई अन्य ठाउँबाट सक्दो सहयोग गर्नेछु,’ नाइनगोलानले इन्स्टाग्राममा लेखेका छन् ।
यसअघि पनि धुम्रपानसँग उनको नाम पटक पटक जोडिएको थियो । इटालियन क्लब एएस रोमामा रहँदा उनले सहायक प्रशिक्षकसँग गएर धुम्रपान गर्थे । सन् २०१६ मा बेल्जियमको राष्ट्रिय टोलीमा रहँदा उनलाई धुम्रपान गर्नकै लागि बाल्कोनी भएको कोठा दिइने गरेको प्रशिक्षक मार्क विल्मन्ट्सले बताएका थिए ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]