default_image

9 years ago

December 24, 2016

सिएमजी क्लब र नाइट किंग भेट्रान फुटबल उपाधिका लागि भिड्ने

127 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – काठमाडौंका सिएमजी क्लब र नाइट किंग क्लबसानो गौचरन छैठौ संस्करणको एसओएस गु्रप बगर भाइखलक एट ए साइड भेट्रान फुटबल प्रतियोगिता उपाधिका लाडि भिड्ने भएका छन् ।

sud_1990

पोखरा बगर स्थित पुरानो टुडिखेल मैदानमा सिएमजीले फोर्टी फाउन्डेशनलाई टाइव्रेकर ३–२ ले हरायो । निर्धारित समयमा १–१ बराबरीपछि टाइब्रेकरमा सिएमजी विजयी भएको थियो । अर्को सेमिफाइनलमा नाइट किंगले हेटौडा भेट्रान मकावनपुर लाई २–० ले हरायो । गोल अन्तरले पाखा लगायो ।
त्यसअघि फोर्टी फाउन्डेशनले क्लव मोशिसलाई २–० ले, हेटौडाले लायन्स क्लव अफ मोनाल पोखरालाई २–१ ले, सिएमजीले विरगंज युनाइटेडलाई १–० ले र नाइट किंगले आयोजक बगर भाइखलक ए लाइ १–० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेका थिए ।

बगर भाइ खलकको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित ७५ हजार र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । सर्वाधिक गोलकर्ता, फाइनलका म्यान अफ दी म्याचले समान ५ हजार रुपैयाँ पाउनेछन् । त्यस्तै सर्वोत्कृष्ट खेलाडी, अनुशासित टीम, प्रतियोगितामा सहभागी जेष्ठ खेलाडीलाई सम्मान स्वरुप एक हजार रुपैयाँ प्रदान गरिनेछ । फाइनल आइतबार दिउसो १ बजे सुरु हुने आयोजक संस्थाका अध्यक्ष दिल वहादुर गुरुङले जानकारी दिए ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.