3 years ago
October 29, 2022
एजेन्सी – लेस्टरविरुद्ध शनिबार हुने प्रिमियर लिगको खेलमा फरवार्ड इर्लिङ हालान्डलार्ई खेलाउने नखेलाउने विषयमा म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले अन्तिम निर्णय गरिसकेका छैनन् । हालान्डको फिटनेसका कारण ग्वार्डिओला दुविधामा छन् ।

साताको मध्यमा बोरुसिया डर्टमन्डविद्धको खेलमा खेलका दौरान सहज महसुस नगरेपछि हालान्डलाई मध्यान्तरमा परिवर्तन गरिएको थियो । हालान्डको अवस्थाका बारेमा प्रि म्याच कन्फ्रेन्समा सोधिएको प्रश्नमा ग्वार्र्डिओलाले उनको अवस्थामा सुधार भइरहेको बताएका छन् ।
‘डर्टमन्डविरुद्धको खेलमा दोस्रो हाफमा हालान्डलाई परिवर्तनन गरिएका विषयमा ग्वार्डिओलाले भने, ‘उनी थकित थिए । हल्का ज्वरो पनि थियो र उनलाई खेलका दौरान ठोकिएको थियो त्यसैले परिवर्तन गरे ।’ त्यसका बाबजुद हालान्ड शुक्रबार अभ्यासमा सामेल भएका थिए । प्रशिक्षकले थपे, ‘केहि सहज महसुस गरेका छन् । अभ्यासमा पनि सामेल भएका छन् ।’
ग्वार्डिओलाले हालान्ड खेल्ने नखेल्ने विषयमा भने केहि घन्टा अघि मात्र निर्णय लिने बताएका छन् । उनले कत्तिको सहज महसुस गर्छन् वा फिट हुन्छन् । त्यसपछि निर्णय लिइनेछ, उनले भने, दुई घन्टा अघि मात्र थाहा हुनेछ उनी खेल्नेछन् वा छैनन् ।
सिटी र लेस्टरबीच नेपाली समय अनुसार साँझ ५ः१५ बजे खेल सुरु हुनेछ । योसँगै प्रिमियर लिगमा शनिबार ७ खेल हुनेछन् । ११ खेलमा २६ अंक जोडेको सिटी अंकतालिकाको दोस्रो स्थानमा छ । २८ अंकका साथ आर्सनल शीर्षस्थानका रहेको छ ।
प्रिमियर लिगमा शनिबारका खेल
खेल नेपाली समय
लेस्टरविरुद्ध म्यानचेस्टर सिटी, साँझ ५ः१५ बजे
एएफसी बोर्नमाउथथविरुद्ध टोटेनहम, साँझ ७ः४५ बजे
ब्रेन्टफोर्डविरुद्ध उल्भरह्याम्टन वान्र्डरर्स, साँझ ७ः४५ बजे
ब्राइटन एन्ड होभ अल्बियोनविरुद्ध चेल्सी, साँझ ७ः४५ बजे
क्रिस्टल प्यालेसविरुद्ध साउथह्याम्टन, साँझ ७ः४५ बजे
न्यूक्यासलविरुद्ध एस्टनभिल्ला, साँझ ७ः४५ बजे
फुलहमविरुद्ध एभर्टन, राती १०ः१५ बजे
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]